FLASH NEWS
  • Loading...

विहिवार म्याग्दीमा थप ३६ जनामा कोरोना पुष्टि

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११२ पटक पढिएको
विहिवार म्याग्दीमा थप ३६ जनामा कोरोना पुष्टि

विहिवार म्याग्दीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयक अनुसार सवै भन्दा धेरै बेनी नगरपालिकामा २२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै मंगला गाउँपालिकामा ५ जना रघुगंगा ३,अन्नपूर्णमा २,मालिकामा १,धौलागिरि १, पर्वतको जलजलामा २ जनामा कोरोना पुष्टि भएको हो ।

हाल सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३१०२ जना पुगेको छ। १२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विहिवार १८ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएको कार्यालयले जनाएको छ ।