FLASH NEWS
  • Loading...

मोना कतारले मावि स्तरीय अनलाईन वक्तृत्वकला आयोजना गर्ने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७६ पटक पढिएको
मोना कतारले मावि स्तरीय अनलाईन वक्तृत्वकला आयोजना गर्ने

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा अन्तर मावि स्तरीय अनलाईन वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कोरोनाका कारण अनलाइन माध्यमबाट भदौ ५ देखी १४ गतेसम्म चार चरणमा ‘कोरोना महामारी र यसले सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा पारेको असर / प्रभाव र विकल्पहरू’ शीर्षकमा जिल्ला स्तरीय अन्तर मा.बि. प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक थमकुमार गिरीले बताए ।

कार्यक्रम

मोना कतारका महासचिव अजय कुँवरका अनुसार पहिलो चरणमा “कोरोना महामारी, यसले विभिन्न क्षेत्रमा पारेका प्रभाव र निराकरणका उपाय” का बारेमा ५ मिनेट नबढाइ असम्पादित र मोबाइलबाट तेर्सो (ल्याण्डस्केप) गरी खिचिएको भिडियो भदौ १४ गते साँझ ५ बजेभित्र आयोजकले उपलब्ध गराएको गुगल फर्म या इमेलमा पठाउन सहभागीलाई अनुरोध गरेको छ

कार्यक्रम तालिका पहिलो चरण -भदौ ५ गते देखि भदौ १४ गते साँझ ५ बजे सम्म पहिलो चरणको भिडियो पठाउनु पर्नेछ । भदौ १७ गते  साँझ ५ बजे युट्युबमा भिडियो अपलोड गरीने । भदौ २० गते नतिजा सार्वजनिक गरीनेछ । सार्वजनिक नतिजा इमेल मार्फत दोस्रो चरणमा प्रवेश गर्नेहरुलाई मात्र पठाईने छ । (साथमा दोस्रो चरणको शीर्षक पनी समावेश गरीनेछ )

दोस्रो चरण भदौ २० गते देखि २५ गते साँझ ५ बजे सम्म पुन तोकिएको शीर्षकमा भिडियो पठाउनु पर्नेछ । भदौ २७ गते  साँझ ५ बजे भिडियो युट्युबमा अपलोड गरिनेछ । -भदौ ३० गते- साँझ ५ बजे लिखित नतिजा सार्वजनिक गरिनेछ र तेस्रो चरणमा प्रवेश गर्नेहरूलाई नतिजा सहित अर्को चरणको शीर्षक इमेल मार्फत पठाइनेछ । तेस्रो चरण -भदौ ३० गते देखि असोज ३ गते- साँझ ५ बजे सम्म भिडियो पठाई सक्नु पर्नेछ । -असोज ५ गते – साँझ ५ बजे भिडियो अपलोड गरिनेछ । -असोज ८ गते – लिखित नतिजा सार्वजनिक गर्दै उत्कृष्ट ५ सहभागीको नामावली सार्वजनिक गर्दै इमेल द्वारा जानकारी गराइनेछ ।

अन्तिम चरण -असोज २३- अन्तिम प्रतिस्पर्धा भौतिक रुपमा सदरमुकाम बेनीमा हुनेछ । स्थान, समय र शीर्षक सहित ईमेलद्घारा ३ दिन पहिले जानकारी गराईनेछ । -असोज २४- सहभागीको भिडियो २४ गते साँझ ५ बजे युट्युबमा अपलोड गरीनेछ । -सामाजिक सञ्जालको प्रतिक्रिया समेत अध्ययन गरी २६ गते साँझ ५ बजे भित्र नतिजा बन्द गर्दै सूचना जारी गरीनेछ । पुरुस्कार बितरण तथा सम्मान कार्यक्रम मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको उद्घाटनको दिन अर्थात कार्तिक ०२ गते कार्यक्रम स्थलबाट बिजयी घोषणा गर्दै सम्मान तथा पुरस्कार वितरण गरीनेछ ।

नियमहरू :

क- प्रतियोगिता म्याग्दी जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला हुनेछ । प्रतियोगिताको पहिलो शिर्षक कोरोना महामारी, यसले विभिन्न क्षेत्रमा पारेका प्रभाव र निराकरणका उपायका बारेमा रहनेछ l अन्य चरण को लागि आयोजक ले नतिजा सँगै पठाउने छ l

ख- प्रत्येक चरणको फरक फरक शीर्षकमा प्रतियोगिता सञ्चालन गरिनेछ

ग- प्रत्येक विद्यालयले बढीमा १ जना छात्र र १ जना छात्रा गरी २ जना सहभागीहरू छनोट गरी पठाउनु पर्नेछ l विद्यालयले नाम, ठेगाना, उमेर र कक्षा प्रमाणित गरेर पठाएका विद्यार्थीहरू मात्र सहभागी प्रतिष्पर्धीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

घ- सहभागिताको लागि उमेरको कुनै हदबन्दी रहने छैन भने कुनै शुल्क तिर्नु पर्ने छैन ।

ङ- सहभागिताको लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (MONA ) कतारले एक गुगल फारम तयारी पारि गुगल लिंक म्याग्दी जिल्लास्थित सम्पूर्ण माविहरूमा पठाउनेछ । विद्यार्थीहरूले उक्त फारमको लिंक क्लिक गरी रीत पूर्वक भिडियो लगाएत अन्य लिंक ले मागेको कुरा अपलोड गरी अन्तिममा सबमिट गर्नुपर्ने छ l

उक्त भिडियो प्रतियोगिता मा सहभागी भए नभएको जानकारी २४ घन्टा भित्रमा जानकारी पठाइने छ । प्रतियोगितालाई चार चरणमा विभाजन गरी सञ्चालन गरिनेछ । पहिलो चरणमा सहाभागीहरुले तोकिएको शीर्षकमा कुनै किसिमले सम्पादन नगरिएको भिडियो मोना कतारले तोकेको गुगल फारममा अपलोड गर्नु पर्नेछ ।

उत्कृष्ट ५०%लाई द्रोश्रो चरणको लागि सहभागी छनौट गरिने छ । अपलोड गर्न असमर्थ भएमा मोना कतारको आधिकारिक इमेलमा समेत पठाउन सकिनेछ l -दोस्रो चरणमा पुग्न सफल सहभागीहरू लाई पुन नयाँ शीर्षक इमेल मार्फत उपलब्ध गराइनेछ र भिडियो पहिलो चरणमा झैँ गरि पठाउनु पर्नेछ l -तेस्रो चरणमा पुग्न सफल सहभागीहरू लाइ नतिजा सहित शीर्षक इमेल मार्फत पठाइनेछ । र तोकिएको समय सीमा भित्र पहिलो तथा दोस्रो चरणमा झैँ भिडियो पठाउनु पर्नेछ l -चौथो तथा अन्तिम प्रत्यक्ष सहभागीतामा गराइनेछ l स्थान, समय र शीर्षक सहित ईमेलद्घारा ३ दिन पहिले जानकारी गराईनेछ ।

प्रतियोगीहरूले बढीमा ५ मिनेट भित्र आफ्ना भनाइहरूँ राखि सक्नुपर्नेछ । ५ मिनेट भन्दा बढी समय लिएमा प्रति १० सेकेन्डको १/१ नम्बरका दरले प्राप्ताङ्कबाट नम्बर काटिनेछ । -प्रतियोगिता विशुद्ध नेपाली भाषामा सञ्चालन गरिने भएकोले अन्य भाषाको प्रयोग भएको प्रस्तुतिको नम्बर काटिनेछ ।

भिडियो रेकर्ड गर्दा क्यामेरा बाहेक दायाँबायाँ तल माथि कहीँ हेरेमा वा कहीँ पढेको या साभार गरिएको जस्तो देखिएमा निणायकले नम्बर काट्न सक्ने आयोजक मोना कतारले जनाएको छ l

पुरस्कार 

प्रथम पुरस्कार – रु. २०,००० /- र प्रमाण पत्र

द्वितीय पुरस्कार – रु. १५,००० /- र प्रमाण पत्र

तृतीय पुरस्कार – रु १०,०००/- र प्रमाण पत्र

सान्त्वना पुरस्कार – २ जनालाई जनही ५०००/- र प्रमाण पत्र

द्रष्टव्य : उत्कृष्ट ५ प्रतिस्पर्धीहरुलाई सदरमुकाम आउन जानको लागि दुरी अनुसारको बाटो खर्च सहित सदरमुकाममा खान बस्नको व्यवस्था गरिने मोना कतारले जनाएको छ ।