FLASH NEWS
  • Loading...

पर्वत जलजला गाउँपालिका अध्यक्षलाई ६ महिना कैद सँजाय, पक्राउगरी कारागार कार्यालय कास्की बुझाउन आदेश

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४२ पटक पढिएको
पर्वत जलजला गाउँपालिका अध्यक्षलाई ६ महिना कैद सँजाय, पक्राउगरी कारागार कार्यालय कास्की बुझाउन आदेश

कास्की जिल्ला अदालतले जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई कैद सँजाय भुक्तानी गर्न पक्राउ गरी कारागार कार्यालय कास्कीमा बुझाउन आदेश गरेको छ ।

ध्रुवबहादुर थापाबादी रहेको लेनदेन मुद्धामा कास्की जिल्ला अदालतले ०७७ चैत २७ गते साविक मल्लाज गाविस, २ फड्केढुङ्गा घर भै हाल जलजला गाउँपालिका, ४ का यामबहादुर मल्ललाई ६ (छ) महिना कैद सँजाय गरेको छ । सो आदेश  कार्यान्वयन गर्न सो अदालते ०७८ साउन ३१ गते पठाएको अध्यक्ष मल्ललाई पक्राउ गरी तहसिल शाखामा उपस्थित गराउने पत्र जिल्ला प्रहरी कार्यालय पर्वतमा बुधवार पुगेको छ ।

अदालतको पत्र प्राप्त भएपछि गापा अध्यक्ष पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।