- Loading...
बागमती र प्रदेश एकमा मुख्यमन्त्री फेर्ने एमाले रणनीति
- पुनहिल डट कम
- ३ साल अघि
- १४२ पटक पढिएको

पार्टीको आन्तरिक विवादका कारण दुई वटा प्रदेश सरकार केन्द्र सरकारबाट हात थोएको एमालेले बाँकी दुई प्रदेशमा भने आफ्नो नेतृत्वको सरकार जसरी पनि टिकाउने रणनीति तय गरेको छ।
स्रोतका अनुसार बागमती सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर त्यहाँ माधव नेपाल पक्षधर नेतालाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ।
‘केही दिनभित्रै मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिँदैहुनुहुन्छ,’ एमाले स्रोतले भन्यो, ‘बागमती र एक नम्बर प्रदेश सरकार जसरी पनि जोगाउने भन्ने हाम्रो रणनीति हो। त्यसका लागि मुख्यमन्त्री परिवर्तन ठूलो विषय होइन।’
तत्काल भने बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई राजीनामा गर्न लगाउने बताइएको छ। स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री बन्नका लागि नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका थिए। तर शाक्यले अहिले आफू मुख्यमन्त्री नबन्ने बरु राजेन्द्र पाण्डेलाई बनाउन प्रस्ताव गरेकी छन्।
अहिले बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार छ। त्यहाँ माधव नेपाल समूहले पनि सरकारलाई समर्थन गरिरहेको छ। उनीहरुले समर्थन नगरेको अवस्थामा सरकार सरकार ढल्न सक्छ।
अहिले एमाले अध्यक्ष ओली बागमतीव र एक नम्बर प्रदेश सरकार जसरी पनि जोगाउने पक्षमा छन्। त्यसका लागि मुख्यमन्त्री माधव नेपाल समूहका नेतालाई दिन उनी तयार भएका हुन्।
पहिलो बागमती र त्यसपछि एक नम्बर प्रदेशको मख्यमन्त्री परिवर्तन गर्ने ओलीको रणनीति छ। माधव नेपाल समूहका नेतालाई मुख्यमन्त्री दिएर भएपनि दुई प्रदेशको मुख्यमन्त्री जोगाउन उनले नेताहरुसँग कुरा गरिरहेका छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
