- Loading...
कोरोना कहरको कारण विद्यालय खुल्न नसकेपछि प्राविधिकधारतर्फको प्रयोगाात्मक पढाई समस्या
- पुनहिल डट कम
- ३ साल अघि
- १८७ पटक पढिएको

कोरोना कहरको कारण विद्यालय खुल्न नसकेपछि भच्र्युअल माध्यम (अनलाईन कक्षा) बाट पढाई गरिएपनि प्राविधिक तथा ब्यवसायीक धार तर्फको प्रयोगाात्मक रुपमा गरिने अध्ययन/अध्यापन भने प्रभावित भएको छ ।
जिल्लाका ६ वटा विद्यालयमा कक्षा ९–१२ सम्म संञ्चालित इलेक्टिकल्स इन्जिनियर, कृषी वाली विज्ञान, सिविल इन्जिनियरिङ, कृषी, पशु विज्ञान र वाली विज्ञान तथा पशु विज्ञान तीन वर्षे स्नातक तहमा अध्ययन विद्यार्थीलाई शैद्धान्तिक विषयको भच्र्युअल माध्यमबाट पढाई भएपनि प्रयोगात्मक पक्षको अध्ययनमा भने भएको हो ।
प्राविधिक तथा ब्यवसायीक धार तर्फ ०६८ सालदेखी सिटिईभिटी अन्र्तगत १८ महिने कृषी जेटिए (वाली विज्ञान), वाली विज्ञान ३ बर्षे डिप्लोमा र पशु विज्ञान ३ बर्षे डिप्लोमा अध्यापन गराउँदै आएको मालिका गाउँपालिका, ७ विम स्थित किसानी माविमा स्थानीय बाहेक हुम्ला, जुम्ला, कैलाली, जाजरकोट, सिन्धुली, धार्दिङ, तनहुँसमेत १६ जिल्लाका विद्यार्थी अध्ययनरत छन ।
‘विद्यार्थीलाई अनलाईन कक्षामा जोड्न पनि समस्या रह्यो । धेरै टाढाबाट आएका विद्यार्थीलाई लकडाउन भौतिक रुपमा विद्यालय आउन/फर्कन समस्या भयो । प्रयोगात्मक पढाई भने विद्यार्थीलाई भौतिक रुपमै राखेर गरायौं’ किसानी माविका प्रअ जंगबहादुर गर्वुजाले भने, ‘डिप्लोमा तेस्रो वर्षका विद्यार्थी परिक्षा दिएर घर फर्केपनि ओजिटी बाँकी छ । विद्यार्थीको घर रहेको सम्बन्धीत जिल्लाको विषयगत कार्यालय मातहत रहेर ओजिटी गराउन समन्वय गरिरहेका छौं ।’
त्यसैगरी ०७० सालदेखी कक्षा ११ र १२ सम्म सिभिल इन्जिनियरिङ अध्यापन गराउने गलेश्वर माध्यामिक विद्यालयले भने कोरोना कहरले विद्यार्थीकालागी प्रयोगात्मक र ओजिटी कक्षा लिन समस्या भएको जनाएका छन । प्राविधिक धार तर्फ विद्यार्थीले ४० प्रतिशत शैद्धान्तिक र ६० प्रतिशत पढाई प्रयोगात्मक गर्नु पर्ने हुन्छ । स्नातक तह र १२ मा विद्यार्थीले गर्नु पर्ने एक–एक सय पूर्णाङ्कको ओजिटी (अण्डर जव ट्ेरनिङ) पनि कोरोना कहरले प्रभावित भएको छ ।
‘शैद्धान्तिक कक्षा अनलाइृन मार्फत गरी प्रयोगाात्म कक्षा भने विद्यार्थीलाई भौतिक रुपमै बोलाएर गरेका हौं’ गलेश्वर माविका प्रअ गणेश बानियाँले भने, ‘नियमित कक्षा तर्फ अहिले पनि त्यही मोडल अपनाएका छौं । ओजिटी गर्ने विद्यार्थीले जिल्ला पूर्वाधार विकास कार्यालय, नगरपालिका समेत सरकारी कार्यालयसँग समन्वय गरी फिल्ड पठाउने गरिएकोमा अपेक्षित प्रभावकारी भएन ।’
कोरोना कहरले बारम्बारको लकडाउनले गर्दा टाढाका विद्यार्थीलाई विद्यालय आउन, प्रयोगात्मक अध्ययन गर्न र ओजिटी तालिम गर्न समस्या भएको हो ।
‘कोरोना कहरले प्राविधिक धार तर्फ विद्यार्थीले प्राक्टिकल अध्ययन गर्नु पर्ने हो, तर प्राक्टिकल कोर्स पुरा भएन’ इलेक्टिकल्स इन्जिनियर अध्यापन गराउने प्रभा माध्यामिक विद्यालयका प्रधानअध्यापक भगवान कार्कीले भने, ‘विद्यार्थी धेरै टाढाबाट पनि आएका छन । उनीहरुलाई शैद्धान्तिक विषयमा भच्र्युअल कक्षामा जोडेपनि प्रयोगात्मक तर्फ कोर्स पुरा गर्न सकिएन ।’
प्रअ कार्कीले थपे, ‘कोरोना कहरले गर्दा यस पटक कक्षा ९ मा टाढाका विद्यार्थी भर्ना हुन ज्यादै थोरै आए । कक्षा ११ को भर्ना सुरु भएको छ । अध्ययन/अध्यापन प्रभावकारी बनाउन मोडेलबारे छलफल गरिरहेका छौं ।’
प्रभा माध्यामिक विद्यालयमा मात्र होईन, कोरोना कहरले गर्दा कृषी वाली विज्ञान धार तर्फका मुक्तिधाम मावि राखु, मंगला मावि बाबियाचौर, सिविल इन्जिनियरिङ धार तर्फका गलेश्वर माध्यामिक विद्यालय तोरीपानी, इलेक्टिकल्स इन्जिनियर अध्यापन गराउने ताकम मावि ताक र सिटिईभिटी अन्र्तगत कृषी, पशु विज्ञान तर्फ अध्यापन गराउने किसानी मावि विमका विद्यार्थीले ६० प्रतिशत पूर्णङ्क रहने प्रयोगात्मक अध्ययन राम्रोसँग गर्न सकेनन ।
‘प्राविधिक धार तर्फ अध्यपन सुरु गरेको दुई वर्ष भयो । पहिलो वर्ष अनुमति ढिला आएकोले ९ कक्षामा भर्ना गरी पढाई केही ढिलो सुरु भयो । दोस्रो वर्ष कोरोनाले पढाई प्रभावित भयो तर सवै विद्यार्थी स्थानीय भएकोले गाउँमै कृषकको वारीमा प्रयोगशाला बनाई प्रयोगाात्मक अध्यापन गराईयो’ कृषी वाली विज्ञानधार तर्फ अध्यापन गराउने मुक्तिधाम माध्यामिक विद्यालयका प्रध्यानअध्यापक अमरबहादुर केसीले भने, ‘मंसिरदेखी भौतिक रुपमा अध्यापन गराएकोले शैद्धान्तिक र प्रयोगात्मक दुवै पठाई गरियो ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
