- Loading...
अस्पतालमा मापसे गरेर बिरामी जाँच्दै गरेका नक्कली डाक्टर पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- १५५ पटक पढिएको

मोरङ प्रहरीले विराटनगरस्थित कोसी अस्पतालबाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । सोमबार राति अस्पतालको गाइनो वार्डबाट विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मादक पदार्थ सेवन गरेका बानियाँ सोमबार राति १२ बजेतिर अस्तपतालको गाइनो वार्डमा डक्टर हुँ भन्दै बिरामी हेर्न थालेका थिए । गाइनो वार्डमा गएर तीन जना बिरामीलाई जाँचेका थिए । त्यहाँ कार्यरत नर्स र कर्मचारीले सोधखोज गरेपछि उनले उनीहरूमाथि नै दुर्व्यहार गरेको डिएसपी श्रेष्ठले बताए ।
त्यसको सूचना पाएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
‘कोसी अस्पतालबाट राति १२ बजेतिर डाक्टर बनेर बिरामी जाँच्दै गर्दा अमृत बानियाँ पक्राउ परेका हुन्,’ डिएसपी श्रेष्ठले केटिएम दैनिकसँग भने, ‘मदिरा सेवन गरेका बानियाँ नक्कली डाक्टर बनेर बिरामीको स्वास्थ्य जाँच गरेको पाइएको छ ।’
उनले पक्राउ परेका बानियाँविरुद्ध अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी घटनाको अनुसन्धान थालेको जानकारी दिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
