FLASH NEWS
  • Loading...

संसद्लाई छलेर अध्यादेश ल्याउनु संविधानमाथि कै जालसाजी : भीमार्जुन आचार्य

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११० पटक पढिएको
संसद्लाई छलेर अध्यादेश ल्याउनु संविधानमाथि कै जालसाजी : भीमार्जुन आचार्य

संविधानविद् भीमार्जुन आचार्यले संसद छलेर अध्यादेश ल्याउनु संविधानमाथि कै जालसाजी भएको बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि उनले ट्वीटरमा लेखेका छन्, ‘हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन। असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन। अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।’

केपी शर्मा ओली सरकारले गर्दा गलत भएको काम देउवा सरकारले गर्दा ठीक हुन्छ भन्ने नरहेको उनले भनाइ छ। असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार नगर्ने उनको तर्क छ।