- Loading...
लोकसेवा आयोगबाट न्याय सेवा तर्फ अधिकृतमा ४२ प्रतिशत महिला सिफारिस
- पुनहिल डट कम
- ३ साल अघि
- २४५ पटक पढिएको

लोकसेवा आयोगबाट यो वर्ष न्याय सेवा तर्फको शाखा अधिकृत पदमा ४२ प्रतिशत महिला सिफारिस भएका छन् । आयोगले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार न्याय, कानून र सरकारी वकिल समूहको परीक्षा उत्तीर्ण गरी जागिरमा नियुक्तिका लागि सिफारिस भएकामध्ये ४२.१९ प्रतिशत महिला सफल भएका हुन् ।
लोकसेवाले आर्थिक वर्ष २०७६/०७७ को विज्ञापन १६६८६ देखि १६६९२ सम्मका ७ वटा सूचनाबाट २३७ जनाको पदपूर्ति गरेको छ । जसमध्ये विभिन्न चरणमा भएको लिखित परीक्षा, सामूहिक परिक्षण, सूचना प्रविधि सीप परिक्षण र अन्तरवार्तामा १०० जना महिला मात्रै उत्तीर्ण भएका छन् ।
आयोगले गत पुस १५, १६ र १७ मा सञ्चालन गरेको लिखित परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवारहरूको गत साउन १० देखि १८ गतेसम्म भएको अन्तरवार्ता, सामूहिक परिक्षण र सीप परिक्षण गरेको थियो । सबै परीक्षाको एकमुष्ट प्राप्तांकबाट योग्यताक्रम तोकी बुधबारमात्रै योग्यताक्रमका आधारमा उनीहरूलाई सिफारिस गरेको छ ।
आयोगको विज्ञापन नम्बर १६६८६ को खुलातर्फको परीक्षामा सिफारिस भएका १०४ जनामध्ये ४६ जना महिला छन् । खुल्लातर्फ लिखित परीक्षा पास गरेका १७९ जना मध्ये १६९ जना उपस्थित भएका थिए।
त्यस्तै विज्ञापन नम्बर १६६८७ को महिला तर्फ ३७ जना सिफारिस भएका छन् । महिलातर्फ लिखितमा १०४ जना उत्तीर्ण भएकोमा १०३ जना अन्तरवार्तामा सहभागी थिए । महिलातर्फ लिखितमा नाम निकालेका मध्ये ४३ जना खुलातर्फ नै सिफारिस भएका छन् ।
विज्ञापन नम्बर १६६८८ को आदिवासी जनजातितर्फ १५ जना महिला सिफारिस भएका छन् । सो विज्ञापन अन्तर्गत ३० जना माग गरेकोमा ४८ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।
आयोगले लिएको विज्ञापन न. १६६८९ को मधेसीतर्फ १५ जना सिफारिस भएकोमा १ जना महिला छन्। दलित कोटातर्फको विज्ञापन नं. १६६९० बाट ८ जनामध्ये ३ जना महिला सिफारिस भएका छन् । त्यस्तै अपाङ्ग आरक्षण कोटाको विज्ञापन नम्बर १६६९१ बाट सिफारिस ६ जना मध्ये १ महिला छन् । पिछडिएको क्षेत्रमा सिफारिस भएका ५ जनामा भने महिला सिफारिस भएका छैनन् ।
नाम निकाल्न सफल भएकाहरूमध्ये सरकारी वकिल समूहका उम्मेदवारलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र न्याय र कानून समूहका उम्मेदवारहरूलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्तिका लागि सिफारिस गरिएको लोकसेवाले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
