FLASH NEWS
- Loading...
भर्च्युअल कक्षाबाट छुटेकी छात्राअनुस्कालाई मोवाईल फोन सहयोग
- पुनहिल डट कम
- ३ साल अघि
- २०५ पटक पढिएको
स्मार्ट मोवाईल फोन नभएपछि विद्यालयले सुरु गरेको भर्च्युअल (अनलाईन) कक्षामा जोडिन नसकेकी बेनी सामुदायीक माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुस्का भट्टचनलाई लायन्स क्लव अफ बेनी महारानीले स्मार्ट फोन सहयोग गरेको छ ।
शिक्षक/विद्यार्थी भौतिक रुपमा उपस्थित भै अध्ययन/अध्यापन गर्न नसकिने कोरोना संक्रमणको यस अवस्थामा विद्यालयले संञ्चालन गरेको भर्च्युअल कक्षामा सवै विद्यार्थी सहभागी नभएपछि कारण खोज्दा कक्षा ८ कि छात्रा भट्टचन स्मार्ट फोन नभएकोले अनलाईन कक्षा जोडिन नसकेको विद्यालयले बताएपछि लायन्स क्लव अफ बेनी महारानीले विद्यालयको औपचारिक कक्षाबाट छुटेकी छात्रार्ला मोवाईल फोन सहयोग गरेको रेश्मा शाक्यले बताईन ।
छात्रा भट्टचनका बाबु सम्पर्कमा छैनन भने आमा मजदुरी गर्छिन ।
प्रतिक्रिया दिनुहोस