आज:  | Fri, 01, Jul, 2022

कोरोना संक्रमितलाई दिईने ‘टोसिलिजुमाव इन्जेक्सन’ तेस्रो खेप काठमाण्डौ आयो, प्रति डोज मुल्य ६० हजार

३२ श्रावण २०७८, सोमबार २१:१० मा प्रकाशित (10 महिना अघि)
पुनहिल संवाददाता
कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने ‘टोसिलिजुमाव इन्जेक्सन’ (औषधि) को तेस्रो खेप काठमाडौँ आइपुगेको छ । यतिकेम डिस्ट्रिव्युटर प्रालिले सोमबार तेस्रो खेपको रुपमा थप २०० भाइल टोसिलिजुमाव इन्जेक्सन (औषधि) काठमाडौँ ल्याई पुर्‍याएको हो ।बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो औषधिको मूल्य प्रतिभाइल ५९ हजार ८५० रुपैयाँ तोकिएको छ । यो औषधि व्यवस्था विभागले नै तय गरेको मूल्य हो ।यतिकेमका प्रमुख प्रभुराज बैद्यले औषधि अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइसकेको भन्दै आज बेलुका देखि नै बिरामीका आफन्तले लिनसक्ने बताए । सो औषधि लिनका लागि बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरेर आएमा प्राप्त हुने जानकारी दिए ।औषधि व्यवस्था विभागले गत १७ बैशाखमा यतिकेमलाई २ हजार भाइल टोसिलिजुमाव ल्याउन अनुमति दिएको थियो । सो अनुसार यतिकेमले पहिलो खेप गत १४ जेठमै ५०० भाइल, २६ असारमा ३०० भाइल ल्याइसकेको छ । आज आएको परिमाण समेत गर्दा कुल १ हजार भाइल नेपाल भित्रिएको छ ।यतिकेमका प्रमुख बैद्यले थप परिमाण पनि ल्याउने तयारी भइसकेको बताए । स्वीट्जरल्याण्डबाट ल्याउने यो औषधिका लागि फ्लाइट सेड्युल नमिल्दा ढिलाई भइरहेको उनले जानकारी दिए ।