मेस्सीले छोडे बार्सिलोना

२२ श्रावण २०७८, शुक्रबार मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता
बीबीसी। अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले अन्ततः स्पेनिस क्लब बार्सिलोना छोडेका छन्। बार्सिलोनाले ‘आर्थिक र संरचनात्मक अवरोधका कारण’ मेस्सी क्लबमा रहन नसक्ने बताएको छ। ३४ वर्षे मेस्सीको गत जुलाई १ बाट बार्सिलोनासँगको सम्झौता समाप्त भएको थियो। सम्झौता समाप्त भएको दुई सातापछि बार्सिलोनासँग कम ज्यालामा रहन सहमत भएका थिए। तर यसको लागि भने क्लबले अन्य खेलाडी बेच्नु पर्ने अवस्था थियो।