बाग्लुङमा पानीको पाइप जोड्ने क्रममा गोरखाका युवकको मृत्यु

२१ श्रावण २०७८, बिहीबार मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता
बाग्लुङमा पानीको पाइप जोड्ने क्रममा ढुंगोमा चिप्लेर लड्दा बिहीबार दिउसो एक युवकको मृत्यु भएको छ । गोरखाको धार्चो गाउँपालिका २ केरौजाबेसी घर भई हाल बाग्लुङमा झोलुङे पुल बनाउने कामदार २६ वर्षीय बिरे गुरुङको आज दिउसो साढे १० बजेको समयमा मृत्यु भएको हो । बाग्लुङको निसिखोला गाउँपालिका ७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने झोलुङे पुल बनाउने कामदार गुरुङको सोहि स्थानमा रहेको पानीको पाइप जोड्ने क्रममा ढुङ्गामा चिप्लिन गई अन्दाजी ३५।४० मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।