- Loading...
कांग्रेस जिल्ला सभापतिमा कुन समूह बलियो ? (सूचीसहित)
- पुनहिल डट कम
- ३ साल अघि
- १४८ पटक पढिएको

सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छ। भदौ २३ गतेभित्र १४ औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेस पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएपछि अधिवेशन नै अनिश्चित भएको छ।
पार्टीको विधान अनुसार ४ वर्ष र विषेश परिस्थितिमा ५ वर्ष भित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ। तर यतिबेला कांग्रेस संविधानको राजनीतिक दल सम्बन्धी ऐनको ६ महिनासम्म समय थप गर्न पाउने सुविधा प्रयोग गर्दै आएको छ। जुन सुबिधा भदौ २३ मा सकिँदैछ।
उक्त समय भित्रपनि महाधिवेशन हुन नसक्ने देखिएपछि आइपरेको वैधानिक संकटका बारेमा नेताहरु चिन्ता जनाउँदै आएका छन्।
अधिवेशनको सुनिश्चितता र पार्टीमा देखिएको वैधानिक संकटप्रति चिन्ता प्रकट गर्दै संस्थापन इतर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला
सभापतिहरूले साउन २५ देखि २६ गतेसम्म काठमाडौंको ठमेलस्थित यात्री होटलमा दुई दिनसम्म भेला आयोजना गरे। दुई दिनसम्म चलेको उक्त भेलामा भौतिक र भर्चुअल माध्यमबाट पहिलो दिन ४६ र दोस्रो दिन ४९ जना जिल्ला सभापतिकहरुको भेला भएको सो समूहको दावी छ।
भेलाले भदौ २३ भित्र नै सबै तहको महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने,क्रियाशील विवाद चाडो अन्त्य गर्न नेतृत्वलाई दवाव दिने, विवाद समाधान हुन सकेन भने १३ औँ महाधिवेशनको प्रनिनिधिलाई निरन्तरता दिएर विशेष अधिवेशन सम्पन्न गर्ने र ६ महिना वा वर्ष दिनभित्र अर्को महाधिवेशन सम्पन्न गर्ने सुझाव दिने निष्कर्ष भएको सो समूहको भनाइ थियो।
तर इतरपक्षको जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको भोलिपल्ट नै सभापति शेरबहादुर देउवा पक्षीय जिल्ला सभापतिहरूले पनि ललितपुरको कुपण्डोलस्थित समिट होटलमा ‘काउन्टर’ भेला आयोजना गरे।
अधिवेशनको अनिश्चिता हुनुमा सभापति देउवामात्र जिम्मेवार नहेको, विशेष महाधिवेशनको प्रस्तावले नयाँ नेता कार्यकतालाई अन्याय हुने र अन्य दलबाट समायोजन भएको नेताहरुलाईपनि अन्याय हुनृ भन्दै इतर समूहको सभापतिहरुलाई काउन्टर हानेका थिए।
संस्थापन पक्षीय सभापतिहरूले आफूहरुको भेलामा २२ जना भौतिक रुपमा र १३ जना ‘भर्चुअल’ गरी ३५ जना छलफलमा सहभागी भएको दाबी गरका छन्।
संस्थापन पक्षीय
ओखलढुंगा :– प्रदीपकुमार सुनुवार
धनकुटा :– अग्निप्रसाद पौडेल
पाँचथर :– नरेन्द्रकुमार केरुङ
पर्सा :– अजय द्विवेदी
बारा :– जयचन्द्र चौरसिया
रौतहट :– कृष्णप्रसाद यादव
सर्लाही :– नागेन्द्रकुमार राय
महोत्तरी :– महेन्द्रकुमार राय
धनुषा :– महेश गिरी
दोलखा :– रुद्रबहादुर खड्का
रसुवा:– पेम्वा छिरिङ तामाङ
सिरहा :– रामचन्द्र यादव
सप्तरी :– दिनेश यादव
मकवानपुर :– इन्द्रबहादुर बानियाँ
ललितपुर :– मदनबहादुर आमात्य
भक्तपुर :– दुर्लभ थापा
बाग्लुङ :– दिपेन्द्रबहादुर थापा
म्याग्दी :– खमबहादुर गुर्वजा (खमवीर)
कपिलवस्तु :– सुरेन्द्रराज आचार्य
रुपन्देही :– अब्दुल रज्जाक
नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) :– अर्जुन पोखरेल
स्याङ्जा :– कुमार राना
कञ्चनपुर :– हरिप्रसाद बोहरा
कैलाली :– नरनारायण शाह ‘मनु’
डोटी :– प्रदीप देउवा
अछाम :– भरत स्वाँर
बाजुरा :– कविराज पण्डित
बझाङ :– हर्कजंगबहादुर सिंह
दैलेख :– कृष्णकुमार विसी
हुम्ला :– जयपति रोकाय
दाङ :– किर्तीबहादुर खड्का
रुकुम पश्चिम :– प्रेमप्रकाश वली
संस्थापनइतर पक्षीय
इलाम :– हिमालय कर्माचार्य
खोटाङ :– नरेशकुमार श्रेष्ठ
उदयपुर: – विदुर बस्नेत
सोलुखुम्बु :– विनोदकुमार बस्नेत
ताप्लेजुङ :– लीला बोखिम
संखुवासभा :– दिपनकुमार श्रेष्ठ
तेह्रथुम:– गोविन्द ढुंगाना
भोजपुर: – नन्दमणि राई
मोरङ :– डिकबहादुर लिम्बू
सुनसरी :– राजीव कोइराला
रामेछाप :– लवश्री न्यौपाने
सिन्धुली :– उज्वलप्रसाद बराल
धादिङ :– रमेश धमला
नुवाकोट :– जगदिश्वरनरसिंह केसी
काठमाडौं :– कृष्ण बानियाँ सबुज
काभ्रे :– मधु आचार्य
चितवन :– जीतनारायण श्रेष्ठ
गोरखा :– हरिबहादुर घले
मनाङ :– टेकबहादुर गुरुङ
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) :– विष्णु लामिछाने
मुस्ताङ :– याङजिङ विष्ट
पर्वत :– खिमप्रसाद भुषाल
सल्यान :– गणेश चन्द
रुकुम पूर्व :– केशरमान रोक्का
लमजुङ :– भेषबहादुर पौडेल
कास्की :– कृष्ण केसी
तनहुँ :– बैकुण्ठनाथ न्यौपाने
गुल्मी :– भुवन श्रेष्ठ
पाल्पा :– वीरबहादुर राना
अर्घाखाँची :– विष्णुप्रसाद खनाल ‘मुस्कान’
रोल्पा :– अमरसिंह पुन
डोल्पा :–अंगद बुढा
मुगु :– खड्गबहादुर शाही
जुम्ला :– दीपबहादुर शाही
कालिकोट :– हर्षबहादुर बम
जाजरकोट :– दीपकजंग शाह
बाँके :– किरण कोइराला
बर्दिया :– सञ्जय कुमार गौतम
सुर्खेत :– कृष्णकुमार बिसी
दार्चुला :– ललितसिंह बोहरा
बैतडी :– नरेन्द्रसिंह थापा
डडेल्धुरा :– कर्णबहादुर मल्ल
कृष्ण सिटौला पक्षीय
झापा :– उद्धव थापा
सिन्धुपाल्चोक :– विकास लामा
प्युठान :– अमरप्रसाद भण्डारी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
