- Loading...
आगामी पाँच महिनामा झन्डै दुई लाख सङ्क्रमित थपिने अनुमान
- पुनहिल डट कम
- ३ साल अघि
- १५१ पटक पढिएको

आगामी पाँच महिनामा झन्डै दुई लाखजना सक्रिय सङ्क्रमित हुने प्रक्षेपण गर्दै सरकारले सोहीअनुसार द्रुत कार्ययोजना बनाएर अगाडि बढिरहेको जनाएको छ।
कोभिड महामारीसम्बन्धी सरकारको प्रतिकार्ययोजनाबारे बिहीवार प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीले जारी खोप कार्यक्रममा केही परिवर्तन ल्याइने पनि बताए।
पछिल्लो समय सङ्क्रमण दर बढ्न थालेपछि तेस्रो लहरसँग जुझ्न पहिल्यैदेखि पर्याप्त तयारी गर्नुपर्नेमा जनस्वास्थ्यविद्हरूले सरकारलाई सुझाव दिँदै आएका छन्।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएअनुसार प्रक्षेपण गरिएको अनुमानित एक लाख ९३ हजार सङ्क्रमितमध्ये करिब ३८ हजार जनालाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ।
क्षमता विस्तार योजना
तीमध्ये साढे नौ हजार जनाभन्दा बढीलाई सघन उपचार आवश्यक पर्ने सरकारको अनुमान छ।
त्यसलाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री थप्नेदेखि क्षमता अस्पतालका क्षमता विस्तारसम्म कार्ययोजना अघि बढाइएको राज्यमन्त्री श्रेष्ठले बताए।
तेस्रो लहरमा बालबालिका बढी सङ्क्रमित हुने प्रक्षेपणबीच उनले भने, “सरकारी तर्फबाट १८० भेन्टिलेटरसहित २७५ वटा आईसीयू शय्या थप्ने प्रक्रिया रहेको छ।”
“सबै निजी क्षेत्रगरी विशेषगरी ब्याङ्क तथा वित्तीय संस्थाबाट देशभरि १६६ शय्याको एचडीयू र पीआईसीयू बाल सघन उपचार कक्षको निर्माण तथा सूची फाउन्डेशन र हिकाफ ३६० नामक संस्थाबाट २६५ वटा भेन्टिलेटर थप हुँदैछ।”
राज्यमन्त्री श्रेष्ठका अनुसार ६,००० वटा अक्सिजन सिलिन्डर थप भइसकेको, ५,५०० वटा सय अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था भइसकेको र थप आउने क्रममा छ।
देशका ५५ वटै जिल्लाका १९ ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि स्रोत सुनिश्चित भएको पनि उनले जानकारी गराए।
खोप कार्ययोजना के छ?
राज्यमन्त्री श्रेष्ठका अनुसार अबको खोप कार्यक्रममा काठमाण्डू, तराईका बढी जनघनत्व भएका सहर र विद्यार्थी एवं युवालाई प्राथमिकता दिने सरकारी योजना छ।
उनले भने, “खोप व्यवस्थापनलाई उमेर समूह र आर्थिक गतिविधि र सङ्क्रमण बढी हुने ठाउँमा विशेष व्यवस्था गरिनेछ।”
“आर्थिक गतिविधिअन्तर्गत श्रमिकदेखि फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरूका लागि छुट्टै व्यवस्थापन गरी आर्थिक गतिविधि हुने प्राथमिकता दिइनेछ।”
त्यसैगरी परीक्षा दिने विद्यार्थीहरूलाई खोपको व्यवस्था मिलाउने तयारी भइसकेको र विश्वविद्यालय केही तहका विद्यार्थीका लागि खोप व्यवस्थापन भइसकेको पनि राज्यमन्त्री श्रेष्ठले बताएका छन्।
बिहान ७ बजेदेखि बेलुका पाँच बजेसम्म खोप लगाउन मिल्ने तयारी भइरहेको भन्दै उनले खोप केन्द्र बढाइने तथा खोप व्यवस्थापनबारे बुझ्न र मन्त्रालयलाई नियमित प्रतिवेदन दिन सातौँ प्रदेशमा संयोजक तोकिएको बताए।
राज्यमन्त्री श्रेष्ठका अनुसार हालसम्म पहिलो मात्रा खोप लगाउनेहरू ४५ लाख ७० हजार ५५३ अर्थात् कुल जनसङ्ख्याको १५.५ प्रतिशत छन्।
पूर्ण मात्रामा खोप लगाएका मानिसहरू चाहिँ २८ लाख ८८ हजार ३६० अर्थात् कुल जनसङ्ख्याको ९ दशमलव ५१ प्रतिशत रहेको राज्यमन्त्री श्रेष्ठले बताए। –bbc/nepali

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
