- Loading...
चीनबाट भदौभित्र थप ७६ लाख मात्रा खोप आउँदै
- पुनहिल डट कम
- ३ साल अघि
- १४४ पटक पढिएको

सरकारले फागुनसम्म कोरोना विरुद्धको ५ करोड २२ लाख मात्रा खोप ल्याउने प्रक्रियामा रहेको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुनसम्म कोरोना विरुद्धको ५ करोड २२ लाख मात्रा खोप ल्याउने प्रक्रियामा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार हालसम्म नेपालमा अनुदान र खरिद गरेर १ करोड ८ लाख ६० हजार १७० डोज प्राप्त गरेको छ ।
असोज मसान्तसम्म झन्डै एक तिहाइ जनसङ्ख्यालाई खोप दिइसक्ने योजना छ । १५ भदौभित्र चीनबाट थप ७६ लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल आइपुग्ने भएको छ । ६० लाख मात्रा खरिद प्रक्रिया मार्फत र १६ लाख मात्रा अनुदानमा आउन लागेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
नन डिस्क्लोजर एग्रीमेन्ट(एन.डी.ए.) गरेको ६० लाख मात्रामध्ये ८ लाख २ भदौमा र अर्को ८ लाख डोज ४ भदौमा आइपुग्ने बताइएको छ । बाँकी ४४ लाख मात्रा अगस्ट महिना भित्रै पठाउने कम्पनीले प्रतिबद्धता जनाएको छ । यस्तै अनुदानमा दिने भनिएको १६ लाख डोज खोप पनि मध्य अगस्टसम्म आइपुग्ने चिनिया पक्षले बताएको छ ।
अहिलेसम्म २८ लाख ८८ हजार तीन सय ६० जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार चार सय तीन जनाले भेरोसिल खोपको पूर्ण मात्रा लगाएका छन् ।
नेपालमा हाल कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप उपयोगमा आएको छ । अहिलेसम्म ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात् २ करोड १७ लाख ५६ हजार ७६३ लाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म २१ दशमलव १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलव २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका हुन् । कोरोनाविरुद्ध खोप अभियानलाई निरन्तरता दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
