FLASH NEWS
  • Loading...

संसारकै खतरनाक जासुसी सफ्टवेयर

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११३ पटक पढिएको
संसारकै खतरनाक जासुसी सफ्टवेयर

अहिलेसम्म २५ सय भन्दा धेरै मानिसको फोन ट्यापिंङ गरी संसारकै शक्तिशाली ह्याकिङ सफट्वेयर मानिने पेगासस पुन चर्चामा आएको छ । संसारका सयौँ पत्रकार तथा सामाजिक अभियन्ताहरुको ह्वाट्सएप अकाउन्टको जासुसी गर्ने पेगासस पुनः चर्चामा आएको हो ।

जासुसीको दुनियाँमा चर्चित पेगासस एउटा ह्याकिङ सफ्टवेयरले ती डिभाइसहरु पनि ह्याक गर्न सक्दछ जसलाई उत्पादक कम्पनीहरुले ह्याक प्रुफ दाबी गर्दछन् । पेगासस जासुसी गर्ने भाइरस हो जसले चुपचाप कुनै पनि डिभाइसको जासुसी गर्दछ ।

पेगासस जस्ता सफ्टवेयरहरु प्रयोगकर्ताको जानकारी विना उनीहरुको फोनमा छिर्दछन् र फोनमा रहेका गोप्य जानकारीहरुलाई ह्याकर्सको हातसम्म पुर्‍याउँदछन् ।इजरायलको एनएसओ ग्रुप तथा क्यू साइबर टेक्नोलोजीजले यो स्पाइवेयरको निर्माण गरेको हो ।

संसारको सबैभन्दा खतरनाक जासुसी सफ्टवेयरमध्ये एक मानिएको यसले एन्ड्रोएड र आईओएस दुवैखाले डिभाइसमा आक्रमण गर्न सक्दछ । यस्तो सफ्टवेयरको माध्यमबाट सरकारहरुले राज्य तथा सरकारमाथि खतरा पैदा गर्ने ठानिएका मानिसहरुको जासुसी गर्दछन् । (एजेन्सी)