पोखरामा जुवाको खालबाट ७ जना महिला सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पोखरा महानगरपालिका १० उत्तमचोकमा भाडामा बस्दै आएकी सरु गुरुङले तास खेलाइरहेको अवस्थामा १३ जनालाइ वडा प्रहरी कार्यालय रामवजारको टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्ने मध्य ७ जना महिला रहेका छन् भने, ६ जना पुरुष रहेका छन् । उनीहरुको साथबाट नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैँया र तास बरामद भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।