FLASH NEWS
  • Loading...

११ महिनापछि प्राधिकरणमा कुलमानको इन्ट्री, हितेन्द्रदेव उर्जा आयोगमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११४ पटक पढिएको
११ महिनापछि प्राधिकरणमा कुलमानको इन्ट्री, हितेन्द्रदेव उर्जा आयोगमा

१८ घन्टे लामो लोडसेडिङबाट नेपालीलाई छुटकारा दिलाउने कुलमान घिसिङ करिब ११ महिनापछि विद्युत प्राधिकरणको नेतृत्वमा आइपुगेका छन्।

घिसिङ २०७७ साल भदौ ३१ गते चार वर्षे कायकाल सकेर प्राधिकरणबाट विदा भएका थिए।त्यसपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालको माघमा प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

अहिले शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेपछि घिसिङ फेरि प्राधिकरणमा आएका हुन्।

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा पठाएको छ।

करिब ११ महिनापछि दोस्रो कार्यकालका लागि कुलमान घिसिङ निर्देशकमा आएपछि शाक्यलाई आयोगमा पठाइएको हो। उर्जा आयोगमा विशिष्ठ श्रेणी पद सृजना गरेर प्राधिकरणमा शाक्यले खाईपाई आएको सेवासुविधा नघट्ने गरी सरकारले आयोगमा लैजान लागेको हो।