FLASH NEWS
  • Loading...

अग्नी पीडितलाई राहत हस्तान्त्रण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२८ पटक पढिएको
अग्नी पीडितलाई राहत हस्तान्त्रण

म्याग्दी उद्योग वाणिज्य संघले मंगलवार विहान आगोलागीमा पनि पसल जलेर नष्ट भएका रघुगंगा डेरी र जोडिएको नतिजा स्टोर्सका संञ्चालकलाई राहत दिएको छ ।
संघले रघुगंगा डेरीका प्रमोश शर्मा र नतिजा स्टोर्सका जगन्नाथ शर्मालाई संघले स्थापना गरेको ब्यवसायीक हित कोषबाट जनही २५–२५ हजार, संघका पदाधिकारी तथा पूर्व पदाधिकारीबाट संकलित सहयोग ७५/७५ हजार र महिला उद्यमी संघबाट जनही १९ हजार ७ सय ७५ का दरले सदस्य ब्यवसायीलाई राहत दिएको हो ।
मंगलवार राती २.१५ देखी विहान ५ बजेसम्म भएको आगोलागी हुँदा दुई पसलमा कम्तीमा ५० लाख मुल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।