FLASH NEWS
  • Loading...

नेपालीको उपभोग दर बढ्यो, बचत क्षमता घट्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८३ पटक पढिएको
नेपालीको उपभोग दर बढ्यो, बचत क्षमता घट्यो

अर्थमन्त्री जनार्दन शर्माले नेपालीहरूको बचत क्षमता घटेको जानकारी दिएको छ। उनले आज प्रस्तुत गरेको श्वेतपत्रका अनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत वर्षसम्ममा बचत क्षमता घटेको हो।

आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा नेपालीहरूको बचत क्षमता १३ प्रतिशत थियो। जुन, गत आर्थिक वर्ष २०७७/७८ सम्ममा आइपुग्दा ६ प्रतिशतमा आइपुगेको अर्थमन्त्री शर्माले जानकारी दिए।

त्यसैगरी विगत केही वर्षयता नेपालीको औसत उपभोग दर उच्च रूपमा बढ्न थालेको अर्थमन्त्री शर्माले सार्वजनिक गरेको श्वेतपत्रमा देखिएको छ।

आर्थिक वर्ष २०७३र७४ को कुल गार्हस्थ्य उत्पादनमा नेपालीहरूको उपभोग दर ८७ प्रतिशत थियो। गत आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढेर ९३ प्रतिशत पुगेको छ। यसले नेपालको आर्थिक र भौतिक विकासमा पुँजी निर्माण हुन नसकेको र समग्र अर्थतन्त्रमै असर परेको शर्माले बताए।