आज:  | Fri, 01, Jul, 2022

नेपालमा कोरोना संक्रमित ४ प्रतिशतले बढ्दा मर्नेको संख्या ३५ प्रतिशतले वृद्धि

२६ श्रावण २०७८, मंगलवार १०:४४ मा प्रकाशित (10 महिना अघि)
पुनहिल संवाददाता
नेपालमा अघिल्लो साताको तुलनामा कोरोना संक्रमितको संख्या ४ प्रतिशतले बढ्दा मृत्यु हुनेको संख्या ३५ प्रतिशतले वृद्धि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो सात दिनमा नेपालमा कोरोनाका कारण २१८ जनाको मृत्यु भएको छ।अघिल्लो साता यो संख्या १६२ थियो।यस्तै,पछिल्लो सात दिनमा नेपालमा १७ हजार ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अघिल्लो साता १६ हजार ८१४ जनामा संक्रमण पुष्टि भएको थियो।