FLASH NEWS
- Loading...
स्तनपान सम्बन्धी १० रोचक तथ्य
- पुनहिल डट कम
- ३ साल अघि
- १९६ पटक पढिएको

- शिशु जन्मेको ३० देखी ६० मिनेटको अवधीमा सबैभन्दा बढी सक्रिय रहन्छ । त्यस बेला शिशुमा चुस्नेको शक्ति सबैभन्दा बढी हुन्छ ।
- जन्मे देखि ३ दिनसम्मको शिशुको पेट निकै सानो हुन्छ । सो अवधीको शिशुको पेटमा ५ देखी ७ एमएल मात्रै दुध अट्छ । त्यति दुध भएपुग्छ ।
- नवजात शिशुको शरीर दिनहुँ बढ्दै जान्छ । त्यसैले ३ देखी १० दिन बीचको शिशुको पेटमा २२ देखी २७ एमएल दुध अट्छ । र त्यति मात्रामा स्तनपान गराए पुग्छ ।
- १० दिनको शिशुको पेट केही ठूलो भइसकेको हुन्छ । त्यसैले उसको पेटमा ६० देखि ८१ एमएलसम्म दुध अटछ् । आमाहरुले सोही अनुसार स्तनपान गराउनुपर्छ ।
- एक पटक स्तनपान गराउँदा १५ देखी २० मिनेट समय दिनुपर्छ । सो अवधीमा पर्याप्त दुध पाएको शिशु अघाइसकेको हुन्छ र विस्तारै चुस्न समेत छोड्छ ।
- शिशुले दुध चुस्दा आमाको स्तनबाट सुरुमा पातलो दुध निस्कन्छ । जसले तिर्खा मेट्ने काम गर्छ । विस्तारै बाक्लो दुध आउन थाल्छ र त्यसले भोक मेटने काम गर्छ ।
- नवजात शिशुलाई सकेसम्म दुई दुई घण्टामा दुध खुवाउनु राम्रो मानिन्छ । नत्र तीन घण्टाको फरकमा त खुवाउनै पर्छ । रातीको समयमा पनि आमाहरुले दुई तीन घण्टाको फरकमा बच्चालाई दुध चुसाउनुपर्छ ।
- छिटो स्तनपान गराउँदा यसको सफलतादर बढी हुन्छ । सुरुमा स्तनबाट निस्कने बेगुती दुध( पहेलो रङ)को जसलाई कोलोस्ट्रम भनिन्छ , यसको सेवनले शिशुलाई संक्रमण हुनबाट बचाउछ । त्यस्तै रोग प्रतिरोध क्षमता बढाउन पनि मद्धत गर्छ ।
- स्तनपान तत्काल सुरु गर्दा शिशुलाई मात्रै होइन आमालाई पनि फाइदा हुन्छ । सुत्केरी हुँदा हुनसक्ने अधिक रक्तश्राव तथा स्तन सुन्निन सक्ने सम्भावना कम हुन्छ । त्यसैले पनि सकेसम्म छिटो अर्थात एक घण्टा भित्र नै स्तनपान गराउन राम्रो मानिन्छ ।
- आफ्नो सन्तानलाई जन्मेदेखि कम्तीमा छ महिनासम्म एक्सक्लुसिभ ब्रेस फिडिङ अर्थात आमाको दुध मात्रै खुवाउनु पर्छ । किनकी आमाको दुध शिशुको लागि सुपाच्य हुन्छ जसले पेटमा हुनसक्ने गडबडी समेत रोक्छ । आमाको दुधले बच्चाको रोग प्रतिरोधी समस्या समेत बढाउछ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
