FLASH NEWS
  • Loading...

‘खोप लगाएकैबाट संक्रमण फैलने डर’

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६७ पटक पढिएको
‘खोप लगाएकैबाट संक्रमण फैलने डर’

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने भएकाले सबैलाई सचेत रहन आग्रहसमेत गरेको छ ।

निषेधाज्ञा खुकुलो भएको अवस्थामा जनस्वास्थ्यका मापदण्डहरूको उल्लङ्घन भइरहेको हुँदा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पछिल्लो तीन सातायता सङ्क्रमण दर बढेको पनि छ । जनस्वास्थ्यविदले भने नेपालमा कोरोना सङ्क्रमणको दर बढ्नुको कारणमध्ये खोप पनि एउटा कारण रहेको बताएका छन् ।

जनस्वास्थ्यविदहरूका अनुसार खोप लगाउनेको भन्दा नलगाउनेको सङ्ख्या बढी हुनु र खोप लगाएकाले लापरबाही गर्नु पनि सङ्क्रमण दर बढ्नुको अर्को कारण हो ।

सङ्क्रमणको तेस्रो लहर आउन सक्ने देखिएका बेला खोप लगाए पनि वा नलगाए पनि हेलचेक्र्याइँ नगरी पहिलादेखि अपनाउँदै आएका जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने उनको सुझाव छ ।

अर्को कारण खोपमा ढिलाइ

नेपालमा पूर्ण रूपमा खोप लगाएका मानिसको सङ्ख्या कम छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार २१ लाख १३ हजार मानिसले मात्र पूर्ण मात्राको खोप लगाएका छन् । ४३ लाख ५९ हजारले आधा डोजको खोप लगाएको बिहीबारको तथ्याङ्कमा उल्लेख छ ।

‘खोप लगाउने मानिसको सङ्ख्याभन्दा नलगाउनेको सङ्ख्या बढी छ । यसले गर्दा वातावरणमा तथा समुदायमा कोरोना भाइरस पर्याप्त मात्रामा फैलिरहेको छ । नेपालमा अहिले १० प्रतिशतले मात्र खोप लगाएका छन् तर यसको दर बढाएर ६० पुर्‍याएको खण्डमा भनेचाहिँ सङ्क्रमण दर पनि घट्छ ।’

हर्ड इम्युनिटी (समुदायले रोगको प्रतिरोध गर्ने क्षमता प्राप्त गर्ने इम्युनिटी) कमसेकम ६० प्रतिशतभन्दा बढी सर्वसाधारणले खोप लगाएको खण्डमा सङ्क्रमण दर आफैँ घट्ने उनको भनाइ छ । सरकारले अनुदानमै पाएको खोप पनि लगाउनमा ढिलाइ गरेका कारण खोप लगाउनेको सङ्ख्या बढ्न नसकेको बताउँदै डाक्टर सुब्बाले निजी स्वास्थ्य संस्थासँगको समन्वयमा तीव्रता दिनुपर्ने बताए ।

खोप लगाएका मानिसहरूलाई समेत फेरि पनि सङ्क्रमण हुनसक्छ । तर, दुवै डोज खोप लगाएका मानिसलाई सङ्क्रमण भए सिकिस्त हुने तथा मृत्यु हुने दर भने कम रहेको उनको भनाइ छ । मास्क लगाउने, हात धुने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने वा भिडभाडयुक्त ठाउँ नजाने, सरसफाइमा ध्यान दिने लगायतका कुरालाई निरन्तरता दिएर सङ्क्रमणबाट जोगिन थप सतर्क रहन उनले सुझाएका छन् ।