- Loading...
छाउन थाले तीजका भाका, म्याग्देली कलाकारको ‘तीजको लखेटो, दाहिने पखेटो’
- पुनहिल डट कम
- ३ साल अघि
- २४५ पटक पढिएको

क्यासेट, सिडी त इतिहास भइसक्यो । प्रविधिमा नयाँ–नयाँ परिवर्तन आएको छ । सङ्गीत बजार युट्युबमा केन्द्रित छ । कुनैताका गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ ।
युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल नचहारेसम्म बजारमा नयाँ कुन गीत आयो भन्नेसम्म थाहा पाउन नसकिने स्थिति छ । सर्जक/कलाकारलाई युट्युब माध्यम निर्विकल्प बनेको छ । कमाइ गर्ने बाटो नै त्यही भएको छ ।
तीज पर्व आउन अझै डेढ महिना बाँकी छ । युट्युबमा तीजका भाका छाउन थालेको पनि डेढ महिनै भइसक्यो । असार लाग्दा नलाग्दै तीज गीतले युट्युबमा प्रवेश पाए । अहिले युट्युब हेर्दा लाग्छ, तीज त दैलोमा आइसक्यो ।
तीज पर्व आएसँगै म्याग्दीका कलाकारहरुको पनि तीजि गीत बजारमा आएको छ ।
म्याग्दीका लोक कलाकार धुर्ब जिसीले ‘तीजको लखेटो, दाहिने पखेटो’ बोलको तीजगीत ल्याएका छन । मौलिक लोकदोहोरी तीजगीतको छायाङ्कन म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीमा गरिएको छ । उक्त गीतमा म्याग्दी जिल्ला भित्रकै सुनिल बाँनिया, शंकर पौडेल लगायत ३० जना भन्दा धेरै कलाकारले अभिनय गरेका छन् । ज्ञानु राना फगामी लगायत १४ जना महिला कलाकार ३ जना कमेडीयन पुरुष कलाकारसहित ३० जना भन्दा बढीले अभिनय गरेका छन् ।
गीतमा गायक जिसीसहित पुरुष कलाकारतर्फ रामु रिजाल र शक्ति छिनाल तथा महिला कलाकारमा मिलन विश्वकर्मा र शान्ती परियारले स्वर दिएका छन् । गायक धुर्ब जिसी आफैले शब्द/सङ्गीत भरेको तीज गीतको छायाङ्कन क्रियटिभ मिडिया प्रोडक्शनले गरेको थियो भने निर्देशन तथा मिक्सीङ लगाएतका प्राविधिक कार्य सञ्चारकर्मी समेत रहेका भूपेन बानियाँले गरेका छन् ।
त्यसैविच, तीज आउन डेढ महिना बाँकी छँदै तीजको मौसमी सङ्गीत बजार अहिले गर्माएको छ । युट्युबमा भ्यूज बढाउने प्रतिस्पर्धा छ । पर्व गीतको उपमा पाएको तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख भएको भन्दै कतिपयले भने चिन्ता व्यक्त गर्न थालेका छन् । केही वर्षअघि आएका ‘डाढे बिरालो’, ‘छोटो मिनिस्कट’ जस्ता गीतले तीज गीतको सौन्दर्य मासेको आरोप लागेको थियो ।
कलाहीन र उट्पट्याङ गीतले तीजको मौलिकता र मर्मलाई आत्मसाथ नगर्ने कला मर्मज्ञ बताउँछन् । तीज गीतको विधान खल्बलाउन नहुनेमा उनीहरुको जोड छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे ।
अहिलेका तीज गीत रोधीघरको दोहोरी जस्ता सुनिन थालेका छन् । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाईसमेत तीज गीतमा उठान गरिएको पाइन्छ । त्यस्ता गीतले युट्युबमा छिटो भ्यूज पाएपनि संस्कृतिको उत्थान र जगेर्नामा कम स्थान पाउने पक्का छ ।
धेरै भ्यूज बुटेलर छिटो पैसा आर्जन गर्ने नाउँमा पनि कलाकार त्यसपट्टि प्रेरित भएका हुन सक्छन् । भ्यूज, लाइक र कमेन्टका आधारमा सर्जक/कलाकारलाई युट्युबबाट पैसा आउँछ । पछिल्लो समय मेला/महोत्सवसमेत कोरोना महामारीका कारण प्रभावित बनेपछि कलाकार युट्युबकै भरमा छन् ।
राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने कलाकारहरु बताउँछन् । गीतको बलमा जतिधेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा आर्जन हुन्छ । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको संख्याका आधारमा कलाकारको युट्युबमा राम्रो रेकर्ड रहने गर्छ ।
पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको हुन्छ । गीतको बीचमा युट्युबले अन्तराष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउँछ । सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । पछिल्लो समय युट्युब कलाकारको व्यावसायिक थलो मात्र नभएर व्यक्तित्व चिनाउने माध्यम पनि बनेको छ । राम्रो भ्यूज पाउँदा पैसा पनि आउँछ र कलाकारको व्यक्तित्व पनि माथि उठ्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
