FLASH NEWS
  • Loading...

म्याग्दीका ३७ जना सहित गण्डकीमा थप ६१६ मा संक्रमण पुष्टि

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७७ पटक पढिएको
म्याग्दीका ३७ जना सहित गण्डकीमा थप ६१६ मा संक्रमण पुष्टि

|Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  १ हजार २६२ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६१६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

म्याग्दीका ३७ जना सहित कास्कीका १९१, पर्वतका १३ जना, गाेरखाका ८३ जना, लमजुङका १९  जना, तनहुँका २३  जना, बाग्लुङका १०० जना, स्याङ्जाका ७२  जना र नवलपुरका ७८ जना गरी प्रदेशका ९  जिल्लामा ३२० पुरुष तथा २९६ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७० हजार २६७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४३५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६३ हजार २९१ पुगेको छ ।

गण्डकीमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ११८ पुगेको छ।