- Loading...
प्रकाश मावि बेनीकी सात दिनकी सुत्केरी शिशु च्यापेर परिक्षामा सहभागी
- पुनहिल डट कम
- ३ साल अघि
- २२३ पटक पढिएको

सदरमुकाम बेनी स्थित प्रकाश माध्यामिक विद्यालयकी कक्षा ११ की सुत्केरी विद्यार्थी सात दिनको शिशु च्यापेर वार्षिक परिक्षामा सहभागी छिन ।
धवलागिरी गाउँपालिका–४ मुदी घर भई प्रकाश माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत सोही विद्यालयमा स्वास्थ्यकर्मी (स्टाफ नर्स)पदमा कार्यरत चन्द्रप्रभा भण्डारीले सात दिनको सुत्केरी अवस्थामै वार्षिक परिक्षामा सहभागी भएकी हुन ।
सुत्केरी विद्यार्थीलाई छुट्टै परिक्षा हल र स्तनपान कक्षा ब्यवस्था मिलाईएको विद्यालयले जनाएको छ ।
‘कोरोना महामारीको अवस्थाले गर्दा हरेक विद्यार्थीलाई परिक्षा हलमा सामाजिक दुरी कायम गराईएको र सुत्केरी छात्रा तथा नवजात शिशुको स्वास्थ्यलाई थप ख्याल गरी विशेष ब्यवस्था मिलाएका छौं’ प्रकाश माध्यामिक विद्यालयका प्रध्यानअध्यापक हरीकृष्ण सुवेदीले भने, ‘उनी हाम्री छात्रा मात्र होईनन, स्टाफ पनि हुन । सुत्केरी र शिशु दुवैका स्वास्थ्य अवस्था ठिक रहेको छ ।
छात्रा भण्डारी गत वर्ष विद्यालयमा स्वास्थ्यकर्मी पदमा नियुक्त भएसँगै विद्यालयकै कक्षा ११ मा भर्ना भएकी हुन ।
‘घर टाढा भएपनि आफु र शिशुको स्वास्थ्य अवस्था ठिक भएको र परिक्षा हल डेरादेखी नजिकै भएकोले पनि परिक्षामा सहभागी भएकी हुँ ’ परिक्षार्थी भण्डारीले बताईन ।
गते जेठ महिनामै हुनु पर्ने कक्षा ११ को वार्षिक परिक्षा कोरोना कहरको कारण पछि सरेको हो । सरकारले कक्षा ११ र१२ समेत स्थगित सवै परिक्षाहरु भौतिक रुपमै लिने निर्णय गरेसँगै कोरोना संक्रमणबाट वच्न स्वास्थ्य सावधानी सहित मास्क र सामाजिक दुरी कायम गरी धमाधम परिक्षा संञ्चालनमा रहेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
