- Loading...
उमेर नपुग्दै किन फुल्छ कपाल ? कसरी बच्ने ?
- पुनहिल डट कम
- ३ साल अघि
- १५८ पटक पढिएको

मेर पुगेपछि कपाल फुल्नु सामान्य भएपनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ । सेतो कपालबारे बारे विभिन्न किसिमका अन्धविश्वासहरु समाजमा छ्यापछ्याप्ती पाइन्छन् । कपाल फुल्नु सामान्य समस्या भएपनि समाजको सोचाइका कारण यसलाई जटिल समस्या मान्ने गरिन्छ । कपाल किन फुल्छ र यसबाट कसरी बच्ने भन्ने विषयमा बरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. अनिल कुमार भट्टको सुझाव यस्तो छ :
किन फुल्छ ?
कपाल फुल्नुको मुख्य कारण भनेको वंशाणुगत कारण हो जस्तै– आमा, बाबा वा हजुरबा आमाको कपाल सानैदेखि फुलेको छ भने त्यसको असर पनि सन्तानमा देखापर्छ । यीबाहेक अरू विभिन्न कारणले पनि कपाल फुल्न सक्छ । आधुनिक जीवनशैलीले गर्दा हिजोआज खानपिनको शैली पनि परिवर्तन भइरहेको छ । युवायुवती धेरै जंक फुडमा निर्भर रहन थालेका कारणले पनि चाँडै नै कपाल फुल्ने समस्या देखिन थालेको छ । विभिन्न भिटामिनहरु जस्तै भिटामिन–डी को कमी र क्याल्सियमको कमीले पनि समयभन्दा अघि कपाल फुल्छ ।
कसै–कसैलाई हाइपो थाइराइडको कारणले पनि कपाल फुल्ने समस्या हुन सक्छ । व्यस्त दिनचर्यामा हुने विभिन्न तनावका कारणले गर्दा पनि उमेर नै नपुगी धेरै जनाको कपाल फुल्ने समस्याले सताएको देखिन्छ । साथै, अत्याधिक धूम्रपानको कारणले पनि कपाल फुल्छ ।
कसरी बच्ने ?
– सन्तुलित खानपानमा ध्यान दिने
– कपाल रङ्गाउने विभिन्न रसायनयुक्त सामग्रीको प्रयोग नगर्ने
– धूम्रपान नगर्ने
– कपाललाई प्रदुषणबाट बचाउने
– हाइपो थाइराइडको कारणले पनि कपाल फुलेको हुनसक्ने भएर यस्को जाँच गर्ने र थाइराइड छ भने उपचार गर्ने
– भिटामिन र मिनरल्स जस्ता भिटामिन बी १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन नदिने

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
