- Loading...
श्रेष्ठले राज्यबाट पाउने तलब-भत्ता, गाडी र आवास सुविधा नलिने घोषणा
- पुनहिल डट कम
- ३ साल अघि
- १४० पटक पढिएको

|????????????????????????????????????
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफू पदमा रहुन्जेल कुनै पनि सरकारी सेवा सुविधा नलिने बताएका छन् ।
राज्यमन्त्री पदमा रहँदासम्म सरकारले दिने पारश्रमिक तथा तलबभत्ता नलिने उनले घोषणा गरेका हुन् ।
मन्त्रालयमा आयोजित आफ्नो १०० दिनको आगामी कार्ययोजना सार्वजनिक कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । तर सरकारले दिने सुरक्षाकर्मी सुविधा भने उनले लिने बताए । सुरक्षाकर्मीबाहेक उनले तलब-भत्ता, गाडी र आवास लगायत सेवा-विधा केही नलिने बताएका हुन् ।
स्वार्थ बाझिने गरी उनलाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेका बेला राज्यमन्त्री श्रेष्ठले आफू संलग्न रहेको व्यावसायिक संस्थाहरुबाट समेत राजीनामा दिने बताए । उनले आफू मन्त्री पदमा रहुन्जेलका लागि अन्य विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थाबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए। व्यापारीसमेत रहेका सांसद श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
