- Loading...
फोटो टिप्सः मोबाइलबाटै यसरी खिच्नुहोस् उत्कृष्ट तस्वीर
- पुनहिल डट कम
- ३ साल अघि
- २०० पटक पढिएको

स्कन्द गौतम द हिमालयन टाइम्सका फोटोपत्रकार हुन् । उनले खिचेको फोटो भिडिओ एडिटिङका लागि चर्चित एडोबी प्रिमियर प्रो सफ्टवेयरको २०२० भर्सनमा फिचर फोटोको रुपमा छनौट समेत गरेको थियो ।
उनै चर्चित फोटो पत्रकार गौतमले मोबाइल फोटोग्राफीका लागि केही टिप्स दिएका छन् । जसबाट तपाईंले मोबाइल फोटोग्राफीबाट के के गर्न सकिन्छ, केके देखाउन सकिन्छ, स्मार्टफोनमा हुने क्यामेरा मोड आदिको बारेमा थाहा पाउन सक्नुहुनेछ ।
अहिलेका नयाँ नयाँ स्मार्टफोनहरूमा अल्ट्रा वाइड फिचर समेत हुन्छ । मानौं कुनै सब्जेक्ट वा विषयवस्तुको तस्वीर लिँदै हुनुहुन्छ भने त्यसमा धेरै फराकिलो क्षेत्र देखाउनका लागि यो मोड प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईं तस्वीर खिच्नुपर्ने वस्तुभन्दा टाढा हुनुहुन्छ भने जुम प्रयोग गरेर फोटो खिच्न सक्नुहुन्छ । फोनको स्क्रिनमा दुई औँलाले तन्काएर वा खुम्च्याएर जुम ईन र जुम आउट गर्न मिल्छ । तर गौतम सकेसम्म यसरी जुम प्रयोग गरेर फोटो खिच्ने सल्लाह दिन चाहन्नन् ।
किन भने तपाईंले जति जुम गरेर फोटो खिच्नुहुन्छ, त्यसको गुणस्तर त्यसै अनुसार खस्किँदै जान्छ । यसमा रेजोलुसन तथा डिटेल (विस्तृत विवरण) समेत गुम्दै जान्छ । त्यसैले यसरी धेरै जुम चाहिँ सकेसम्म नगर्नुहोस् ।
तपाईंले एउटै फ्रेममा धेरै क्षेत्र समेट्नुपर्यो भने अल्ट्रा वाइड प्रयोग गर्न सक्नुहुन्छ । त्यसैगरी पोट्रेट, क्लोजअप, हात, मुख, आँखा आदिको डिटेलको लागि जुम प्रयोग गर्न सक्नुहुन्छ ।
पानोरमा मोड
कुनै प्राकृतिक दृश्य, ल्यान्डस्केप, आउटडोर सिन, जसलाई तपाईं हाम्रो क्यामेराले देख्न वा भेट्न सक्दैन, त्यो सबै दृश्य समेटिने गरी ३६० डिग्रीको तस्वीर लिनुपर्यो भने तपाईंले यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । प्राकृतिक दृश्य र ल्यान्डस्केप फोटो खिच्ने क्रममा यो मोड प्रयोग गर्न फोटोपत्रकार गौतमको सुझाव छ ।
यो शट लिँदा तपाईंको हात हल्लिन भने हुँदैन । हात हल्लिरहँदा तस्वीर जिकज्याक अथवा बिग्रिएर आउँछ । त्यस्तो अवस्थामा तपाईंले फोटो एडिटिङ सफ्टवेयरबाट क्रप गरेर मिलाउनुपर्ने हुन्छ । त्यो अलिक अप्ठ्यारो हुन्छ ।
तपाईं कुनै निश्चित ठाउँमा उभिएर हात तलमाथि नहुनेगरी क्यामेरामा देखिएको लाइनभित्र दृश्य समेटिने गरी बाँयाबाट दाँयातर्फ मोडिनुपर्ने हुन्छ । एउटै फ्रेममा तपाईं उभिएको स्थानको वरिपरिको सबै दृश्य देखाउन यो सबैभन्दा उत्कृष्ट विकल्प हो ।
यत्तिको दृश्य कुनै पनि लेन्सले भेटाउन सक्दैन । यस किसिमको शटको लागि फिश आई लेन्सहरू पनि बनाइएका हुन्छन् । यदि त्यस्तो लेन्स छैन भने डीएसएलआर तथा मिररलेस क्यामेराको अल्ट्रा वाइड लेन्सबाट एक एक शट गरेर जोडेर यस्तो तस्वीर बनाउनुपर्ने हुन्छ ।
पोट्रेट मोड
मोबाइलको क्यामेरामा पोट्रेट मोड खोलेर अब्जेक्टको नजिक जानुहोस् । फोकस मिलाउनुहोस् । यसबाट ब्याकग्राउन्ड ब्लर देखिन थाल्छ । त्यसलाई तलमाथि सारेर घटाउन तथा बढाउन सकिन्छ । एपर्चर भनेको पनि यही हो ।
मोबाइल क्यामेरामा एपर्चर १.२ जत्तिको हुन्छ । पोट्रेट लिँदा ब्याकग्राउन्ड सकेसम्म ब्लर राख्नुहोस् । यसबाट ब्याकग्राउन्ड पनि आकर्षक देखिन्छ ।
अनुहारको भागमा पहेलो वर्गाकार बक्स देखियो भने तपाईं सही अवस्थितिमा हुनुहुन्छ । तस्वीर खिच्दा सबैभन्दा महत्वपूर्ण विषय भनेको एंगल हो । तस्वीर हेर्दा कुन विषयको तस्वीर खिचेको हो भन्ने कुरा स्पष्ट बुझिने हुनुपर्छ ।
नाइट मोड
यो मोड अलिक हल्लिएको जस्तो अथवा ब्लर देखिन्छ । यस्तो मोडमा फोटो खिच्दा फोनलाई स्थिर अवस्थामा राख्नुहोस् ।
तस्वीर खिचेर नसकिँदासम्म मोबाइललाई नहल्लाईकन राख्नुहोस् । यसरी खिचिएको तस्वीर उज्यालो देखिन्छ ।
फोकस तथा एक्सपोजर
तपाईंले मोबाइलमा क्यामेरा खोलिसकेपछि स्क्रिनमा एकपटक टच गर्दा टच गरेको भागमा फोकस हुन्छ । यस्तोमा अरु भागमा छुँदा सब्जेक्ट तथा वस्तु देखिने भागमा अलिकति ब्लर हुन्छ । कतिपय स्मार्टफोनको क्यामेरामा यसरी कुनै निश्चित भागमा छोएर फोकस गर्ने र लाइट मिलाइसकेपछि त्यसलाई लक गरेर राख्ने सुविधा समेत हुन्छ ।
यस्तोमा मोबाइल यताउता हल्लाउँदा पनि क्यामेराको फोकस निश्चित स्थानमा अडिरहन्छ र लाइट पनि एकैप्रकारको रहिरहन्छ । एउटै लाइट र फोकसमा बस्दा कम्पोजिसन मिलाउन पनि सजिलो हुन्छ ।
एक्सपोजर
सकेसम्म यसलाई बीचमै राख्ने प्रयास गर्नुहोस । धेरै बढाउँदा अँध्यारो हुन्छ । तर कहिले काहिँ लाइट अथवा घामको प्रकाश एकदमै धेरै छ भने यसबाट तपाईंले नियन्त्रण गर्न सक्नुहुन्छ । यसरी धेरै लाइट हुनुलाई ओभर एक्सपोज भनिन्छ । यस्तो फोटो राम्रो मानिदैन ।
प्रो मोड
क्यामेरामा हुने आईएसओ, शटर स्पिड, अपार्चर जस्ता आधारभूत लाइट नियन्त्रण गर्न तथा मिलाउन अहिलेका मोबाइलमा प्रो मोड दिइएको हुन्छ । यसमा फोनले जनाउने प्रतिक्रिया फरक फरक हुनसक्छ । यसलाई तलमाथि गरेर आईएसओ घटाउन बढाउन सक्नुहुन्छ ।
आईएसओ जति बढायो, लाइट त्यति नै धेरै भित्र प्रवेश गर्छ । घटाउँदा त्यसैगरी भित्र जाने लाइट कम हुँदै जान्छ । यो डीएसएलआरमा समेत हुने फंसन हो । यसमा ह्वाइट ब्यालेन्स पनि हुन्छ । यसलाई तलमाथि गर्दा तस्वीरको रंङ्ग समेत परिवर्तन भएको देख्न सक्नुहुन्छ ।
आँखाले देखिने कलर र तस्वीरमा आउने कलर समान हुनेगरी मिलाउने भनेकै यही ह्वाइट ब्यालेन्सले हो । मोबाइल स्क्रिनमा तपाईंले क्यामेराको कुनै एक भागमा थिच्दा फोकस गर्नु भयो भने अर्को भागमा ब्लर आउँछ ।
यसरी तपाईंले फोटो कस्तो निकाल्ने भन्ने कुरा नियन्त्रणमा राख्न सक्नुहुन्छ । सामान्य अरु क्यामेरामा १.२, १.४, १.८, २.८ हुँदै एफ १६, ३२ सम्मको एपर्चर हुन्छ । एकदमै स्यालो डेप्थ अर्थात निकै ब्लरी ब्याकग्राउन्ड देखाउन १.२ अथवा १.४ प्रयोग हुन्छ ।
१.८ मा पनि करिब त्यस्तै हुन्छ । एम्बियन्स सबै ब्लर भएर आउँछ । यसैगरी तपाईं १६, ३२ गरी तपाईं जति माथि जानुहुन्छ, ब्याकग्राउन्ड त्यत्तिकै स्पष्ट हुँदै जान्छ । ब्याकग्राउन्डमा भएका चिजवस्तु वा व्यक्तिलाई पनि देखाउने हो भने तपाईंले १६/१८ मा राख्नुपर्ने हुन्छ ।
मिटरिङ
स्पट मिटरिङ आफूलाई मनपर्ने फिचर भएको गौतम बताउँछन् । कुनै निश्चित क्षेत्रमा भएको लाइटलाई मात्र यसले नियन्त्रण गर्न सघाउँछ ।
सबैतिर बराबर लाइट चाहियो भने यसबाट मिलाउन सकिन्छ । मोबाइलमा फोटो खिच्दा यसलाई त्यति महसुस गर्न नसकिए पनि पछि तस्वीर खिचिसकेपछि चाहिँ स्पष्ट रुपमा देख्न सकिन्छ ।
शटर स्पिड
कुनै कुनै मोबाइलमा शटर स्पिड पनि पाउन सकिन्छ । मानौं कुनै व्यक्ति उफ्रिरहेको छ वा दगुरिरहेको छ भने त्यस्तो शट लिन शटर स्पिड काम लाग्छ। क्यामेराहरुमा आठ हजार सम्म शटरस्पिड हुन्छ । त्यो भनेको एकदमै फास्ट हो ।
यसमा एउटै क्लिकमा त्यो क्षण तस्वीरमा कैद गर्न सकिन्छ । मोसन वा गति चाहियो भने शटर स्पिड कम राख्नुपर्ने हुन्छ । तीव्र गतिमा भएको अब्जेक्टलाई कैद गर्ने हो भने शटर स्पिड पनि त्यसैगरी उच्च पार्नुपर्ने हुन्छ । सामान्यतया मोबाइलको क्यामेरामा हुने शटर स्पिड १/४००० देखि ३० सम्म हुन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
