- Loading...
दूरसञ्चार प्राधिकरणले स्याटेलाइट प्रक्षेपणको प्रक्रिया खारेज
- पुनहिल डट कम
- ३ साल अघि
- १४० पटक पढिएको

नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्न आवश्यक अध्ययनका लागि माग गरेको अन्तर्राष्ट्रिय आशयपत्र खारेज गरिएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बिहीवार एक सूचना प्रकाशित गर्दै स्याटेलाइट राख्ने उद्देश्यका साथ अगाडि बढाएको प्रक्रिया खारेज गरेको हो ।
यसअघि प्राधिकरणले भू-उपग्रहका लागि आवश्यक नियमन तथा सुरक्षासम्बन्धी आवश्यक नीति तयार गर्न ‘बिजनेस मोडालिटी’ तथा सञ्चालनबारे अध्ययन अनुसन्धान गर्न भन्दै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । गएको पुस १ गते प्राधिकरणले गरेको सो बोलपत्र आह्वानमा ९ कम्पनीले आवेदन दिएका थिए ।
त्यसमध्ये प्राधिकरणले पहिलो चरणमा पाँच वटा विदेशी कम्पनीसहितको संक्षिप्त सूची सार्वजनिक गरेको थियो । जसमा भारतको केपीएमजी असुर्यानसिटी एण्ड कन्सल्टिङ सर्भिस, अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेसनल, बेलायतको लण्डन इकोनिमिक्स लिमिटेड र फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इंक समावेश थिए ।
सूचीकृत भएका पाँच कम्पनीसँग प्राधिकरणले ‘आरएफपी’ माग गरेको थियो । जसमध्ये भारतको केपीएमजी असुर्यानसिटी एन्ड कन्सल्टिङ सर्भिस, बेलायतको लण्डन इकोनिमिक्स लिमिटेड र फ्रान्सको युरो कन्सल्ट र दुबईको एस थ्री टेल इंक गरी कुल चार कम्पनीले मात्रै आरएफजी बुझाएका थिए ।
प्राधिकरण सहप्रवक्ता अच्युतानन्द मिश्रका अनुसार बिडर रेस्पोन्सिबल नुहँदा उक्त प्रक्रिया खारेज भएको हो ।
‘यसको अर्थ प्राधिकरणले तोके बमोजिमको मापदण्ड पुरा भएन,’ उनले भने, ‘सहभागी कम्पनीमध्ये कतिपयको पावर अफ अटर्नी मिट हुन सकेन, कसैको म्यानपावर मिट भएन । त्यो हुँदा उक्त प्रक्रिया खारेज गरिएको हो । यो प्रक्रिया खारेज भएता पनि अबको केही दिनमै पुनः नयाँ प्रक्रिया अघि बढाइने छ ।’
यसअघि सरकारले सन् २०२२ भित्र आकाशमा नेपालको आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने योजना प्रस्तुत गरेको थियो । त्यसैका आधारमा प्राधिकरणले अध्ययन प्रक्रिया अघि बढाएको थियो । ८ महिने यो प्रक्रिया अन्त्य गरी नयाँ प्रक्रिया सुरु गरी अघि बढ्दा सरकारले राखेको लक्ष्य हासिल गर्न अब चुनौती हुने देखिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
