FLASH NEWS
  • Loading...

स्वर्ण वर्षको अवसरमा स्वास्थ्य सामाग्री हस्तान्त्रण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५७ पटक पढिएको
स्वर्ण वर्षको अवसरमा स्वास्थ्य सामाग्री हस्तान्त्रण

म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो स्वर्ण वर्ष पुरा गरेको उपलक्ष्यमा बेनी अस्पताल समेत विभिन्न संस्थालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
संघले आईतवार बेनी अस्पतालमा एक कार्यक्रम गरी एक लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री बेनी अस्पताल, जिल्लाका सवै ६ वटा स्थानीय तह, पत्रकार महाँसघ र म्याग्दी बालगृह समेतका निकायलाई स्यानिटाईजर, मास्क लगाएतका स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
‘संघको स्वर्ण वर्ष पुरा गरेको उपलक्ष्यमा कोरोना भाईरस रोगको संक्रमण रोकथाममा सहयोग पुऱ्याउन यी स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘सहयोग ठूलो नभएपनि कोरोना संक्रमणको यो महामारीको वेला स्वास्थ्य संवेदनशिल बन्न सन्देश हो ।’