FLASH NEWS
  • Loading...

म्याग्दी र मुस्ताङ्गमा माधव समुह कमजोर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२५ पटक पढिएको
म्याग्दी र मुस्ताङ्गमा माधव समुह कमजोर

माधव नेपालको अध्यक्षतामा नेकपा एमाले समाजवादी नामको दल दर्ताकालागी निर्वाचन आयोगमा निवेदन दिएसँगै अन्तत विभाजन भएको छ ।
केन्द्रमा एमाले विभाजन गरेका माधव नेपाल समुहको नेकपा एमाले समाजवादी म्याग्दी र मुस्ताङ्गमा कमजोर देखिएको छ । माधव समुहको जिल्लामा नेतृत्व गर्दै आएका म्याग्दी जिल्ला कमिटि सचिव वालकृष्ण सुवेदीले माधव समुहमा लागेका समेत सवै एक जुट नहुने अवस्थामा माधव नेपाल समुहमै रहने अवस्था नहुने बताए ।
एमाले विभाजनमा म्याग्दीबाट प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापा र मुस्ताङ्गबाट निर्वाचित प्रेमप्रसाद तुलाचन दुवै एमालेमा रहेका छन ।
गण्डकी प्रदेश सभामा मुस्ताङका निर्वाचित इन्द्रधारा विष्ट, महेन्द्र थकाली र चन्द्रमोहन गौचन र म्याग्दीबाट निर्वाचित नरदेवी पुन एमालेमा छन ।
म्याग्दी र मुस्ताङका स्थानीय तहमा पनि माधव नेपाल समुह शुन्य प्राय: छ । मुस्ताङको जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्हल्मो गुरुङ र म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी दुवै एमालेमा खुलेका छन ।
एमालेबाट निर्वाचित म्याग्दीका धवलागिरी र मंगला गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र मालिका गापा उपाध्यक्ष सवै एमालेमा रहेका छन । एमालेबाट विजयी कम्तीमा ३० वडाध्यक्ष एमालेमै रहेका छन ।
त्यस्तै एमाले विजयी लोघेकर दामोदरकुण्ड र घरपझोङ गापाका अध्यक्ष, उपाध्यक्ष दुवै एमालेमा रहेका छन । मुक्तिनाथ गापा उपाध्यक्ष पनि एमालेमै छिन । मुस्ताङमा श्रीमयाँ थकाली माधव नेपाल समुहमा देखिएकी छिन । थकाली बाहेक जिल्ला अध्यक्ष समेत अधिकांश नेता एमालेमा रहेको जिल्ला सदस्य तथा घरपझोङ गापा उपाध्यक्ष शर्मिला गुरुङले बताईन ।
नेकपा विभाजन हुँदा एमाओवादीबाट एमाले प्रवेश गरेका पुस्कर विक, भुपेन्द्र बुढाथोकी मगर, अन्नपूर्णका शुभास विक, बेनी नगरपालिकाका कुमार किसान ओली नेतृत्वको एमालेमा रहेका छन ।