FLASH NEWS
  • Loading...

म्याग्दीमा भुकम्पले भत्केका ७ सय ५५ निजी आवास पुनर्निमाण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४३ पटक पढिएको
म्याग्दीमा भुकम्पले भत्केका ७ सय ५५ निजी आवास पुनर्निमाण

०७२ सालको भुकम्पबाट क्षति पुगेका जिल्लाका एक हजार ६५ निजी आवास/घर मध्य हालसम्म ७१ प्रतिशत निजी आवास मात्र पुनर्निमाण भएको छ ।
निजी आवास पुनर्निमाण अनुदानकालागी सम्झौता गरी पहिलो किस्ता लगेका लाभग्राही मध्य असार मसान्तसम्म ७ सय ५५ जना लाभग्राहीले मात्र निजी आवास पुनर्निमाण गरे । निजी आवास पुननिर्माण गरेका मध्य ३ परिवार भुमिहीनलाई घडेरी खरिद गर्न थप २ लाख अनुदान पाएका हुन ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइको अभिलेख अनुसार ९ सय ८४ परिवार लाभग्राहीले मात्र निजी आवास पुनर्निमाण अनुदानकालागी सम्झौता गरी पहिलो किस्ता रकम लगेका थिए । भुकम्पबाट क्षति पुगेका ८१ परिवारले आयोजनाले स्वीकृत गरेको घरको मोडेल उपयुक्त नभएको र अनुदानको रकमले घर नवन्ने भन्दै आवास पुनर्निमाण सम्झैता नै गरेनन ।
पहिलो किस्ता रकम लगेर निजी आवास पुननिर्माण नगर्ने २ सय ७ जना लाभग्राहीमध्य २ जनाले भने स्वच्छाले रकम फिर्ता गरे । बाँकी लाभग्राही सम्पर्कमा नआएपछि स्थानीय तह मार्फत बाँकी असुल प्रकृया थालिएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

‘निजी आवास पुर्ननिर्माण गर्न तेस्रो किस्ता पाउन बाँकी लाभग्राही मध्य केहीको बैंकको केवाईसी अपडेट नभएकोले रकम फिर्ता भएको छ । केही मापदण्डको पूर्ण पालना नभएको पाईएकोले आगामी कात्तिक सम्म सुधार गर्ने र प्रतिवद्धता गराएर पनि निकासा दिने तयारीमा छौं’ जिल्ला आयोजना कार्यान्वयन इकाइ म्याग्दीकी प्रमुख आकांक्षा रिजालले भनिन, ‘पहिलो किस्ता रकम लिएर सम्पर्क विहिन भएका लाभग्राहीको हकमा स्थानीय तह मार्फत सेवा सुविधा रोक्का गरी सरकारी बाँकी असुल उपर गर्ने प्रकृयामा लागेका छौं ।’
जिल्लामा ०७४ मंसिर २२ गतेदेखी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिकहरु कार्यस्थलमा खटिएर निजी आवास पुनर्निमाणको काम सुरु भएको थियो ।