FLASH NEWS
  • Loading...

मंगला गापा, ४ का वडा अध्यक्ष रोका मगरको निधन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२० पटक पढिएको
मंगला गापा, ४ का वडा अध्यक्ष रोका मगरको निधन

मंगला गाउँपालिका वडा नम्बर ४ ,का वडा अध्यक्ष ओमबहादुर रोका मगरको निधन भएको छ । अन्दाजी ४२ बर्षिय वडा अध्यक्ष रोका मगरको शनिबार दिउँसो करिब ४ बजेको समयमा निधन भएको हो ।

कलेजो र मृर्गौला रोगले लामो समय विरामी रहेका विरामी भै मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार गरी घर फर्केका रोकाल शनिवार पुन: विरामी भएपछि थप उपचारकालागी बेनी अस्पताल लैजाने क्रममा दिउँसो करिब ४ बजेको समयमा निधन भएको गाउँपालिकाले जनाएको छ ।

दश वर्षे माओवादी शसस्त्र विद्रोहमा सक्रिय सहभागी रहेका रोका एमाओवादीबाट मंगला गापा, ४ मा निर्वाचित वडाध्यक्ष थिए । विरामी भएपछि रोकाको आफन्तबाट सहयोग जुटाएर उपचार गरिदै आएका िथयो । रोकाको शव बेनी अस्पतालको शव गृहमा रहेको र आईतवार धार्मिक संस्कार अनुसार अन्त्यष्ठि गरिने परिवारले जनाएको छ ।