FLASH NEWS
  • Loading...

मंगला गाउँपालिकामा तरुणदल पुनगर्ठन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४८ पटक पढिएको
मंगला गाउँपालिकामा तरुणदल पुनगर्ठन

नेपाली कााग्रेस म्याग्दीले मंगला गाउापालिकामा नेपाल तरुणदल पुनगर्ठन गरेको छ ।
शनिवार मंगला गापाको बाबियाचौरमा आयोजना गरेको तरुण भेलाबाट विपिन खड्काको अध्यक्षतामा सचिवमा धनबहादुर केसी, कोषाध्यक्षमा विमला श्रीपाली रहेको ४५ सदस्यीय तरुण दल पुर्नगठन गरिएको काँग्रेसले जनाएको छ ।
त्यसैगरी काँग्रेसले मंगला गापामा शनिवार नै रमेश केसीको अध्यक्षतामा ४९ सदस्यीय खेलकुद संघ गठन गरेको पनि जनाएको छ ।
तरुण दल र खेलकुद संघ गठन गर्न काँग्रेस सभापति खमबहादुर गर्वुजा, पूर्वसभापनि रेशमबहादुर बानियाँ, नेताहरु नेत्र महत, माधव रेग्मी, हरीकुमार श्रेष्ठ, मीनबहादुर कार्की, श्रीप्रसाद रोका, मुकुन्द छन्त्याल, अजय श्रेष्ठ, केवी भण्डारी, विमला गौचन, हिरा पुन समेत सदरमुकामबाट नेता बाबियाचौर पुगेका थिए ।