FLASH NEWS
  • Loading...

बेनी न्यूरोडका दुई पसलमा लागेको आगो नियन्त्रणमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०५ पटक पढिएको
बेनी न्यूरोडका दुई पसलमा लागेको आगो नियन्त्रणमा

सदरमुकाम बेनीको न्यूरोड स्थित रघुगंगा डेरी, जोडिएको नयन किराना स्टोर र नतिजा स्टोर्समा राती करिव २.१५ बजेबाट सुरु भएको भीषण आगोलागी विहान ५ बजेतिर पूर्ण नियन्त्रणमा आएको छ ।

स्थानीय, प्रहरी, शसस्त्र र नेपाली सेना समेतको प्रयासमा आगो नियन्त्रणमा आएपनि तीन वटा पसल जलेर नष्ट भएका छन । आगोलागीबाट कति क्षति भएको छ, विवरण आएको छैन । रघुगंगा डेरीबाट आगो सल्किएको मानिएको भएपनि के कारणले आगोलागी भएको हो, खुलेको छैन ।

आगो नियन्त्रण गर्न बेनी नगरपालिका बाहेक बाग्लुङबाट समेत दमकल झिकाई दुईवटा दमकलले पानी फालेका थिए ।