FLASH NEWS
  • Loading...

जापानले अमेरिकी पूर्वविदेशमन्त्री पोम्पेओलाई दिएको ५८ सय डलरको व्हिस्की हरायो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६९ पटक पढिएको
जापानले अमेरिकी पूर्वविदेशमन्त्री पोम्पेओलाई दिएको ५८ सय डलरको व्हिस्की हरायो

जापानले अमेरिकी पूर्वविदेशमन्त्री माइक पोम्पेओलाई दिएको ५ हजार ८०० अमेरिकी डलरको जापानिज व्हिस्की हराएको छ।

अमेरिकी विदेश मन्त्रालयले यसको पुष्टि गर्दै जापानिज व्हिस्की खोज्ने कार्य भइरहेको बताएको छ। उक्त व्हिस्की सन् २०१९ मा जापान सरकारले उपहारस्वरुप पोम्पेओलाई दिएको थियो।

यो व्हिस्की स्वयम पोम्पेओ वा कर्मचारी कसले बुझेको थियो भन्ने खुलेको छैन। पोम्पेओले भने बिहीबार उक्त व्हिस्की आपूmले प्राप्त नगरेको बताएका छन्।