FLASH NEWS
  • Loading...

गाडी ग्यारेजमा सुख्खा पहिरो खस्दा चालकको मृत्यु, दुई मिस्त्री घाईते

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४२ पटक पढिएको
गाडी ग्यारेजमा सुख्खा पहिरो खस्दा चालकको मृत्यु, दुई मिस्त्री घाईते

म्याग्दी सदरमुकामसँग जोडिएको पर्वतको जलजला गाउँपालिका, ५ वारीवेनी स्थित एक ग्यारेजमा गाडी मर्मत गर्नेक्रममा खसेको पहिरोमा परि चालकको घट्नास्थलमै मृत्यु भएको छ । दुई जना मिस्त्री घाईते भएका छन ।
यात्रु लिएर गन्तब्यमा छोडेर कालीपुलको मुखमा रहेको रारा अटोमोवाईल्समा ग १ ज ६६३२ नम्बरको बोलेरो जीप सर्भिस गर्ने क्रममा पहिरोले किच्दा गाडीधनी समेत रहेका चालक अन्नपूर्ण गापा, ८ राम्चेका टेकमन गर्वुजा पुन (३७) को मृत्यु भएको हो । पहिरोमा परि घाईते भएका मिस्त्रीद्धय राजु ठाकुर र नक्की खान घाईते छन । घाईतेको बेनी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


प्रहरी चौकी वारीवेनी पर्वतका सई भगत गौतमका अनुसार विहिवार साँझ ५ बजे पहिरो खसेको हो । पहिरोमा पुरिएर किसान जिसीको ध १ ज ९८६ नम्बरको इको भ्यानमा पनि क्षतिग्रस्त भएको छ ।
‘पानी नपरेको वेलामा पनि साँझ ५ बजे गाडी मर्मत गर्ने ग्यारेजको भित्ता भत्केर दुर्घटना भएको हो’ रारा अटोमोवाईल्सका हरी भण्डारीले बताए ।