- Loading...
धमाधम पाठ्यक्रम बनाउँदै म्याग्दीका स्थानीय तह
- पुनहिल डट कम
- ३ साल अघि
- ३१० पटक पढिएको

स्थानीय तहहरुले धमाधम स्थानीय पाठ्यक्रम बनाई पठनपाठन थालेका छन । केन्द्रबाट तय भएका पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोल लगाएतका पक्ष समेट्न नसकेपछि स्थानीय सरकारहरुले आधारभुत तहमा आफ्नै पाठ्यक्रम तयार गरी पठनपाठन थालेका हुन ।
जिल्लाका ६ वटा स्थानीय तहमध्य बेनी नगरपालिकाले तीन वर्ष अघि स्थानीय पाठ्यक्रम तयारपारी गत शैक्षिक सत्रदेखी कक्षा १ मा र चालु शैक्षिक सत्रमा कक्षा २ मा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढाउन सुरु गरेको छ ।
‘हामीले गतवर्ष देखी नै स्थानीय सामाग्री समावेश पाठ्यक्रम पढाउन सुरु गरेका छौं । पहिलो वर्षको पाठ्क्रक्रमका त्रुटी सच्याउँदै चालु शैक्षिक सत्रमा कक्षा २ मा पनि स्थानीय तहमा निर्मित पाठ्यपुस्तक पढाउन थालेका छौं’ बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले भने, ‘स्थानीय परिवेशमा आधारित पाठ्यक्रममा समावेश विषयवस्तु, शब्द र भाषा बालबालिकालाई बुझाउन अलि गाहे भएको शिक्षकबाट सुझाव आएको छ ।आगामी शैक्षिक सत्रबाट सुधार गर्दै लगिने छ ।’
बेनी नगरपालिकाले १ कक्षाबाटै ब्यवसायीक शिक्षा दिने
बेनी नगरपालिकाले कक्षा १ कालागी तयार पारेको पाठ्यक्रममा तीन खण्डमा वीस वटा इकाई राखिएका छन । बेनी नगरपालिकाले कक्षा १ कालागी तयार पारेको पाठ्यक्रममा तीन खण्डमा वीस वटा इकाई राखिएका छन । पाठ्यक्रममा पहिलो खण्डमा नगरपालिकाको परिचय, हाम्रो कृषी, हाम्रा पशुपन्छी, हाम्रा ब्यापार ब्यवसाय, महत्वपूर्ण स्थल र सम्पदाहरु, हाम्रो भाषा, धर्म संस्कृति र आरण, हाम्रा स्थानीय प्रविधी र परम्परागत सामाग्री समावेश छन । त्यसैगरी ब्यवसायीक तरकारी, फलफुल, टिुमर, कुखुरा, गाईभैसी, बाखूा, वङ्गुर, मौरी पालन र घरेलु उद्याृग तथा ब्यापार ब्यवसाय समावेश गरिएको छ । तेस्रो खण्डमा हाम्र एतिहासिक सम्पदा/स्थल, धार्मिक सम्पदा/स्थल, हाम्रा सांस्कृतिक सम्पदाहरु र हाम्रा प्राकृतिक सम्पदा वा स्थलहरु राखिएका छन । खण्ड क अनिवार्य खण्ड ख तीन पाठ र ग मा २ वटा पाठ एच्छिक हुन ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाले पनि यसै सैशिक सत्रदेखी स्थानीय पाठ्यक्रममा पठनपाठन सुरु गरेको छ । गाउँपालिकाले कक्षा १–५ सम्मकालागी मौलिक विषयवस्तुमा आधारित पाठ्यक्रम बनाई चालु शैक्षिक सत्रमा कक्षा १ मा स्थानीय पाठ्यक्रम समावेश पाठ्यपुस्तक छपाई गरी पढाउन थालेको जनाएको हो ।
अन्नपूर्ण गाउँपालिकाले सामाजिक संस्कार र संस्कृति, धार्मिक स्थलहरु, पर्यटकीय स्थलहरु, विकास पूर्वाधार र हरित विद्यालय, प्राकृतिक श्रोत र सम्पदा, प्राकृतिक प्रकोप, परम्परागत प्रविधी, पेशा, सडक र ट्राफिक समेतका विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम तयार पारेको जनाएको छ ।
‘मौलिक विषयवस्तुमा आधारित भै कक्षा १ को पाठ्यपुस्तक तयार गरी पठन पाठन सुरु गरेका छौं । पुस्तकमा ७० प्रतिशत चित्र र ३० प्रतिशत शब्द रहेका छन’ अन्नपूर्ण गाउँपालिकाद्धारा गठित पाठ्यक्रम निर्माण तथा मस्यौदा समितिका संयोजक समेत रहेका शिक्षा शाखाका श्रोत ब्यक्ति भरत पुनले भने, ‘माथिल्लो कक्षाको पनि पाठ्यक्रमकालागी विषयवस्तु छनौट गरिएको छ । सरोकारवालासंगको अन्र्तक्रियापछि क्रमश पाठ्यपुस्तक बनाई लागु गर्ने छौं ।’
बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका बाहेक रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकाले भने स्थानीय पाठ्यक्रम तयार पारिसकेका छैनन । ति पालिकाले पाठ्यक्रम तयारी प्रकृयामा रहेको जनाएका छन । मंगला गापाले पाठ्यक्रम टुङ्गो गरी पुस्तक छपाईको तयारीमा रहेको जनाएको छ ।
‘गत वर्ष कोभिडले गर्दा काम गर्न सकिएन । स्थानीय पाठ्यक्रम बनाउन कन्सल्टेन्ट ल्याउने करिकोलमको अन्तिम टुङ्गो लगाउने तयारीमा छौं’ धवलागिरी गाउँपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले भने, ‘विषयवस्तु धेरै भएपनि विषयविज्ञहरु वोलाई अन्र्तक्रियागरी पाठ्यक्रम नै बनाउनु बढी उपयुक्त ठानिएको छ । यो वर्षको अन्तिमसम्म पाठ्यक्रम तयार भै पाठ्यपुस्तक नै प्रकाशन गर्ने योजना छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
