- Loading...
धौलागिरि गाउँपालिकाका योजनाको बजेट कटौती गरेपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण
- पुनहिल डट कम
- ३ साल अघि
- २३८ पटक पढिएको

म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ ।
अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन । दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकारसमक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अध्यक्ष पुनसहितको टोलीले भेटेर बजेटलाई निरन्तरता दिन अनुरोध गरेकी हुन । सडक, शिक्षा र खानेपानीजस्ता जनतालाई प्रत्यक्ष प्रभाव पार्ने योजना कटौती गरेर प्रदेश सरकारले विकटको धौलागिरि गाउँपालिकालाई उपेक्षा गरेको पुनले बताईन ।
प्रदेश सरकारको सहयोगमा दुई गाउँपालिका जोड्ने महत्वको सडक दरबाङ–बिम–मराङ–मल्कबाङ, कुइने हुँदै पाखापानी जोड्ने कृषि सडक (अघिल्लो वर्ष एक करोड २५ लाख विनियोजन), मुना लुलाङ, गुर्जा सडक (अघिल्लो वर्ष एक करोड २५ लाख विनियोजन) र हेम मावि सिवाङलाई सामाजिक विकास मन्त्रालयबाट नमूना आवासीय विद्यालय सञ्चालनका लागि गत वर्ष रु दुई करोड विनियोजन भएको थियो ।
यसैगरी वडा नम्बर ४ मुदीको बृहत् खानेपानी योजना पनि कटौती गरिएको छ । मुदीवासीका प्रत्येक घरमा खानेपानी उपलब्ध गराउन करिब रु एक करोड २५ लाख बराबरको बजेट अनुमान गरी कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
