- Loading...
दुर्गेशको ‘तीज गीत’ फेरि विवादमा
- पुनहिल डट कम
- ३ साल अघि
- १९४ पटक पढिएको

गायक दुर्गेश थापा गीतकै कारण फेरि एकपटक विवादमा तानिएका छन् । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनिक गरेर होस् या ‘बीच्चबीच्च-३’ मा साडी लगाएर गीत गाउँदा विवादमा तानिएका थिए । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले सामाजिक सहिष्णुता बिगारेको भन्दै प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो । यसपालि भने तीज लक्षित गर्दै सार्वजनिक गरेको ‘बीच्चबीच्चमा-४’ ले उनी विवादमा तानिएका हुन् ।
गाउँघरमै प्रयोग हुने शब्दलाई प्रयोग गर्दा प्रतिष्ठानले आफूलाई पेलेको दुर्गेशको भनाइ छ । ‘ख्यास्स भनेको त गाउँतिर सामान्य भाषामा नराम्रो काम गर्दैछस् झुक्केला भन्न प्रयोग गरिन्थ्यो । प्रतिष्ठानले मलाई पेल्न खोजेको हो, म संस्थाको सदस्य पनि हैन । म विवादमा तानिन चाहँदिन । तर उहाँहरुले तानिदिनुहुन्छ । मैले त अहिलेको तीजमा नाच्न पाइएन, गाउन पाइएन, ख्यास्स भो भन्न खोजेको हो । त्यसमा नराम्रो भन्न खोजेको जस्तो लाग्दैन,’दुर्गेशले भने ।
प्रतिष्ठानले सबै गायक/गायिकालाई समान व्यवहार नगरेको दुर्गेशको आरोप छ । ‘उहाँहरुले सबैलाई समान व्यवहार गर्नुपर्यो । आफ्नाहरुले जस्तो गीत गाए पनि हुने तर हामी संस्थामा छ भन्दैमा त्यस्तो पत्र काट्न मिल्दैन । अरु कतिले छाडा शब्द प्रयोग गरेर गीत गाएका छन् । त्यो सब हटाउनुपर्यो नि पहिला । लाइभ दोहोरीमा पनि सेन्सर बनाउनुस् । सेन्सर पास गरेर मात्र गीत प्रदर्शन गर्ने प्रक्रिया बनाउनुस् । मलाई मात्र उहाँहरुले देख्नुहुन्छ,’उनले भने,’उहाँहरुले जस्तो गीत ल्याए पनि हुने । प्रतिष्ठानको पूर्वअध्यक्ष चन्द्र शर्माले ‘छातिमाथि ट्याटु हान्ने’ बोलको गीत बनाएर खेल्नु भएको छ । महासचिव सुवास केसीकी पत्नी प्रीति आलेले ‘भुत्रो मायाजाल’ निकाल्नु भएको । ती गीत हटाएको भए मैले निकाल्ने पनि थिइनँ यो गीत ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
