- Loading...
टन्सिलबाट बच्न के गर्ने ?
- पुनहिल डट कम
- ३ साल अघि
- १३४ पटक पढिएको

टन्सिलको समस्या सबै उमेर समूहलाई हुनसक्छ । घाँटीको संक्रमणले गर्दा कहिले कहीँ टन्सिल सुन्निने र पाक्ने गर्छ । यस्तो स्थितिलाई टन्सिलाइटिस् भनिन्छ । त्यसो त टन्सिलका लक्षणहरु के–के हुन् ? यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे नाक, कान, घाँटी सर्जन प्रा.डा. दीपेन्द्र श्रेष्ठको सुझाव यस्तो छ :
के हो टन्सिल ?
जनमानसमा घाँटी दुख्नेबित्तिकै टन्सिल भयो भन्ने धारणा हुन्छ, जुन गलत हो । घाँटी दुख्नुका अनेक कारण हुन्छन् । टन्सिल भनेको एउटा लिम्फ्लियो टिस्यु हो । जसमा शरीरले उत्पादन गर्ने तत्वहरु हुने गर्दछन्, जुन स–साना ग्लान्ड्सहरु रहेको हुन्छन्, आँ गर्दा जिब्रोका दुवैतर्फ देखिने त्यस्ता डल्लालाई टन्सिल भनिन्छ ।
टन्सिलमा हुने इन्फेक्सनले घाँटी दुख्छ, जसलाई टन्सिलाइटिस भनिन्छ । साधारणतया टन्सिलमा सिलिभर इन्फेक्सन, ब्याक्टेरियल इन्फेक्सन भयो भने ज्वरो आउने, खाना निल्दा दुख्नेजस्ता समस्या हुने गर्छन् । यसको समयमा उपचार भएन भने यसले मुटुमा समस्या समेत हुन सक्छ ।
लक्षण
– घाँटी दुख्नु
– घाँटीको ग्रन्थी सुन्निनु
– ज्वरो आउनु
– खाना/थुक निल्दा अप्ठ्यारो हुनु
– श्वास गन्हाउनु
बच्ने उपाय
– धेरै चिसो, चिल्लो तथा पिरो खानेकुरा नखाने
– दैनिक रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने ।
– झोलिलो खानेकुरा पर्याप्त सेवन गर्ने ।
– धुवाँ धुलो आदिबाट जोगिने ।
– अलि–अलि घाँटी दुख्यो भन्दैमा वा टन्सिल भयो भन्दैमा एन्टिबायोटिक खाइहाल्नुपर्ने हुँदैन ।
– एक–दुई दिन ज्वरो बढ्दै गएको, टन्सिल बढ्दै गएको छ भने चिकित्सकलाई देखाएर औषधि खानुपर्ने हुन्छ ।
– पटक–पटक टन्सिलको समस्या बल्झिरह्यो भने चिकित्सकको सल्लाह अनुसार यसको शल्यक्रिया गर्नुपर्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
