- Loading...
भदौदेखि कर्मचारीले १० दिने भ्रमण छुट्टी पाउने, घर तथा माइती–ससुराली क्षेत्रमा भने जान नपाइने
- पुनहिल डट कम
- ३ साल अघि
- १७५ पटक पढिएको

सरकारले ल्याएको कर्मचारीलाई १० दिने भ्रमण काज छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ।
विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नै घोषणा गरेको यो योजना कार्यान्वयनमा ल्याउन लागिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय यो योजनाका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको जनाएको छ।
यो कार्यक्रम आर्थिक वर्षको सुरुआतदेखि नै कार्यान्वयनमा ल्याउने सरकारको योजना थियो। तर यसका लागि आवश्यक नीति तथा कार्यविधि तयार नहुँदा कार्यान्वयनमा केही ढिलाइ हुन गएको हो।
देशभर संस्थान, प्रतिष्ठान र निजामती कर्मचारीलाई भ्रमण काज छुट्टीसम्बन्धी सम्पूर्ण कार्यविधिको खेस्रा तयार भइसकेको मन्त्रालय स्रोत बताउँछ। अब सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर तत्काल कार्यान्वयनमा ल्याउने तयारी भइरहेको हो।
निर्देशिकाअनुसार सबै कर्मचारीलाई वर्षमा कम्तीमा एकपटक काज छुट्टीको सुविधा प्रदान गरिनेछ। तर काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर पायक पर्ने तथा माइती–ससुराली क्षेत्रमा भ्रमणको क्षेत्र रोज्न पाउने छैनन्।
यो व्यवस्थाले फिल्डमै गई खर्च गर्न कर्मचारीलाई प्रेरित गर्ने र वास्तविक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने मन्त्रालयको विश्वास छ। निर्देशिकाबमोजिम कर्मचारीले काज सुविधासँगै भ्रमण स्वीकृति र १० दिनबराबरको तलब सुविधासमेत पाउनेछन्।
यस योजना अर्थमन्त्रीले ल्याउन लागेका आर्थिक श्वेतपत्रमा समेत समावेश गरिने बताइएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
