Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशको पछिल्लो कदम अक्षम्य भूल : डा काेइराला

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५३ पटक पढिएको
गण्डकी प्रदेशको पछिल्लो कदम अक्षम्य भूल : डा काेइराला

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले समावेशी र दलित प्रतिनिधित्व गराउन नसक्नु दुर्भाग्य भएको बताएका छन्। उनले लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने बताएका छन्।  कोइरालाले गण्डकी प्रदेशको पछिल्लो कदम अक्षम्य भूल भएको दावी गरेका छन्।

‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो’, उनले भनेका छन्, ‘पार्टीले गरेको त्यो अक्षम्य भूल हो। दलित समुदायप्रतिको अपमान हो।’

उनले सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै होइन, व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको उल्लेख गरेका छन्।

‘सामाजिक कुरीतिविरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु:खी बनाएको छ’, उनले भनेका छन्, ‘त्यति मात्रै नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ।’