FLASH NEWS
  • Loading...

एमालेले पुष्पलालको ४३ ‍औँ स्मृति दिवस मनायो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०० पटक पढिएको
एमालेले पुष्पलालको ४३ ‍औँ स्मृति दिवस मनायो

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज नेकपा एमाले म्याग्दीले पनि एक कार्यक्रम गरी मनाएको छ ।

बेनी नगरपालिका, २ हाडेभिर स्थित सहित स्मति भवनमा आयोजित पुस्पलाल स्मृति दिवस कार्याक्रममा एमाले नेतात्रय नवराज शर्मा, नरदेवी पुन र खुमबहादुर बानियाँले पुष्पलालले नेपाली कम्युनिष्ट पार्टी स्थापना, विस्तार र नेपाली कम्युनिष्ट आन्दोलनको वारेमा चर्चा गरेका थिए ।

संस्थापक श्रेष्ठको तस्विरमा माल्याणपण गरी सुरु गरिएको कार्याक्रम एमाले अध्यक्ष हरीकृष्ण श्रेष्ठको अध्यक्षता, दिपक कार्की विखर्चीको संञ्चालन र प्रमोद श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

२००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गरेका थिए। त्यसको एक वर्षपछि २००६ सालमा उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका थिए । पुष्पलाल नेकपाको संस्थापक महासचिव थिए ।