FLASH NEWS
  • Loading...

कोभिडको तेस्रो लहर फैलिन सक्ने भन्दै सावधानी अपनाउन मन्त्रालयको चेतावनी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९३ पटक पढिएको
कोभिडको तेस्रो लहर फैलिन सक्ने भन्दै सावधानी अपनाउन मन्त्रालयको चेतावनी

सरकारले कारोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पालनामा विषेश ध्यान दिन सबैलाई चेतावनी दिएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमण बढीरहेकोले स्वास्थ्य सावधानीमा विषेश ध्यान दिन अनुरोध गरेको हो।

भाइरस रोकथाममा ध्यान दिएका देशहरु मात्रै भाइरसविरुद्धको लडाईमा सफलताउन्मोख रहेको जनाउँदै मन्त्रालयले सबैलाई स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। संक्रमण फैलिन नदिनु नै उत्तम विकल्प भएकोले व्यक्ति, नागरिक समाज, संघ संस्था, सबै सरोकारवालाहरु र तीनवटा सरकारले हातेमालो जरुरी रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

विगतका भन्दा संक्रमणदर बढ्दो भएकोले तेस्रो लहर आउन सक्ने भन्दै मन्त्रालयले अस्पतालहरुलाई पनि सोही अनुसारको तयारी गर्न आग्रह गरेको छ। हाल ५ सय बढी सक्रिय संक्रमित भएका जिल्ला १० पुगेको र २ सय बढी संक्रमित भएका जिल्ला बढोत्तरी भई २६ पुगेको मन्त्रालयले जानकारी गराएको छ।

तेस्रो लहरको जोखिमलाई मध्येनजर गर्दै मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शैया लगाएतका पूर्वाधार तयारी अवस्थामा राख्न पनि समेत आग्रह गरेको छ।

सबै जनसमुदायलाई जनस्वास्थ्यका मापदण्ड पालना गरी आफ् आफ्नो पालोमा खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।