- Loading...
यी हुन, काँग्रेस गण्डकी प्रदेशमा जिल्ला सभापतिका आकांक्षीहरु
- पुनहिल डट कम
- ३ साल अघि
- २२९ पटक पढिएको

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै सरगर्मी बढ्न थालेको छ। केन्द्रीय सभापतिका लागि जसरी दावा बढेका छ त्यसरी नै जिल्लामा पनि सभापतिका दावेदारहरु दौडधुप गरिराखेका छन्।
साउन १२ बाट वडा, १६ गते पालिका २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ। भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने कांग्रेसको कार्यतालिका छ।
१४ औँ महाधिवेशन संघीय संरचना अनुसार पहिलो पटक हुने छ। अधिवेशनको मिति नजिकिएसँगै जिल्लाको भावी नेतृत्वको लागि दौडधुप बढ्न थालेको छ।
यी हुन, जिल्ला सभापतिको आकांक्षी?
लमजुङ : यस जिल्लाबाट बरिष्ठ नेता पौडेल समूहका चार जना आकांक्षी देखिएका छन्। वर्तमान जिल्ला सचिव हरि बराल, पूर्वउपसभापति गमप्रसाद गुरुङ, मध्य नेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे र महाधिवेशन प्रतिनिधि आनन्द घिमिरे उम्मेदवार बन्ने तयारीमा छन्।
महाधिवेशन प्रतिनिधि टकराज गुरुङ भने सभापति शेरबहादुर देउवा समूहबाट सभापति बन्ने दौडमा रहेका छन्।
तनहुँ : यस जिल्ला वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला भएको हुँदा उनको बलियो प्रभाव छ । कार्यवहाक सभापति जितप्रकाश आले, सचिवद्वय विश्व बास्तोला, लक्ष्मी आचार्य, व्यास नगरसभापति तथा जिसस तनहुँका प्रमुख शान्तिरमण वाग्ले र महासमिति सदस्य डा. कृष्ण गौतम सभापतिको दौडमा रहेका छन्। उनीहरु सबै पौडेल समूहका मानिन्छन्।
कास्की : गण्डकी प्रदेशको राजधानी रहेको कास्कीमा सात जना आकांक्षी देखिएका छन्। संविधानसभा सदस्य शारदा पौडेल, तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल र महासमिति सदस्य कृष्ण कार्की देउवा समूहबाट आकांक्षी देखिएका छन्। वर्तमान उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई र महासमिति सदस्य रामचन्द्र त्रिपाठी भने पौडेल समूहको नजिक छन्।
बाग्लुङ : वर्तमान जिल्ला सभापति दीपेन्द्रबहादुर थापा पुनः उम्मेदवार बन्ने तयारीमा छन्। त्यस्तै जनन्नाथ आचार्य पनि सभापतिको लौडमा छन् उनीहरु दुबै देउवा समूहका मानिन्छन्। पौडेल समूहबाट भने,पूर्व उपसभापति जगदिशचन्द उपाध्याय आकांक्षी छन्। वर्तमान सचिव नवराज पौडेल भने सिटौला समूहका मानिन्छन्।
पर्वत : यस जिल्लामा पूर्वसभापति राम शर्मा पौडेल, पूर्वउपसभापति नवराज गुरुङ, वर्तमान कोषाध्यक्ष रामकृष्ण मल्ल, महाधिवेशन प्रतिनिधिद्वय युवराज जोशी र गंगा तिवारी सभापतिको दौडमा रहेका छन् र उनीहरुसबै देउवा समूहका मानिन्छन्।
स्याङ्जा : वर्तमान जिल्ला सभापति बुद्धबहादरु, संविधानसभा सदस्य राजु थापा, पूर्वसांसद मोहनप्रसाद पाण्डे,नेताहरु खगेन्द्रराज रेग्मी,महासमिति सदस्य भोजराज आर्यल सहित ६ जना सभापतिको दौडमा रहेका छन्। जसमध्ये सभापति राना,थापा र पाण्डे देउवा समूहका रुपमा चिनिन्छन् भने रेग्मी र अर्याल इतर पक्षमा रहेका छन्। पूर्वसभापति रेशमबहादुर बानियाँ र केबी भण्डारी पौडेल समूहमा छन्। पूर्वउपसभापति महत भने खुलेका छैनन्।
म्याग्दी : जिल्ला सभापति खमबहादुर गर्बुजा ,जिल्ला सचिव मीनबहादुर कार्की, पूर्वसभापति रेशम बानिया, केबी भण्डारी र पूर्व उपसभापति नेत्रबहादुर महत सभापतिको आकांक्षीका रुपमा देखिएका छन्। जसमध्ये सभापति खमबहादुर र सचिव कार्की देउवा समूहको मानिन्छन्।
गोरखा : यहाँ देउवा समूहका धेरै आकांक्षी देखिएका छन्। जिल्ला सचिव नन्दप्रसाद न्यौपाने,गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, नेता अशोककुमार गुरुङ, भीमसेन गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे र महाधिवेशन प्रतिनिधि फणीन्द्र धिताल सभापतिको आकांक्षीमा देखिएका छन्। जिल्ला सचिव न्यौपाने पौडेल समूहका हुन् भने,अरुसबै देउवा समूहबका रुपमा चिनिन्छन्।
पूर्वी नवलपरासी : संघीय संरचना अनुसार बनेको नवलपरासी जिल्ला टुक्रिएर बनेको पूर्वी नवलपरासी कांग्रेस महामन्त्री शशांक कोइरालाको गृह जिल्ला हो। यो गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका वर्तमान सभापति विष्णु लामिछाने शशांक समूहबाट पुनःनेतृत्वमा आउने तयारीमा छन्।
त्यस्तै जिल्ला सचिव बालकृष्ण घिमिरे र मदनभक्त अधिकारी पनि कोइराला समूहका मानिन्छन्।, नेताहरु विष्णु कार्की देउवा समूहका मानिन्छन्। नेता महेन्द्रध्वज जिसी पौडेल समूहबाट उमेद्वार बन्ने तयारीमा देखिएका छन्।
मनाङ : यस जिल्लामा सभापतिको दौडमा रहेका दुबै आकांक्षी देउवा समूहका मानिन्छन्। पूर्वसभापति शंकर गुरुङ र वर्तमान सचिव सुरेन्द्र गुरुङ आकांक्षी देखिएका छन्।
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङ् पूर्वमन्त्री रोमी गौचन थकालीको गृह जिल्ला हो। यहाँ वर्तमान उपसभापति नुर्बु गुरुङ, सचिव छेन्चुक छप्टेन गुरुङ र लोमाङथाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्ट उम्मेदवारका आकांक्षी देखिएका छन्,उनीहरु सबै पौडेल समूहका मानिन्छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
