FLASH NEWS
  • Loading...

वीपीको स्मृतीमा बाढी–पहिरो पीडितलाई राहत

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३८ पटक पढिएको
वीपीको स्मृतीमा बाढी–पहिरो पीडितलाई राहत

नेपाली कांग्रेस म्याग्दीले ३९ औं वीपी स्मृती दिवस मनाएको छ ।

बुधबार कांग्रेस म्याग्दीले नेपाली कांग्रेसका संस्थापक नेता ,नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोइरालाको ३९ औं स्मृति दिवस जिल्लाका बाढी–पहिरो पीडिलाई राहत वितरण गरी मनाइएको छ ।

काँग्रेस जिल्ला कार्यालय संगमचोकमा आयोजना गरिएको विपीको तस्वीरमा माल्याणर्पण कार्यक्रमका वक्ताहरुले संस्थापक कोईरालाको नेपालको प्रजातान्त्रीक आन्दोलनमा पुऱ्याएको योगदानको चर्चा गर्दै उनले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चर्चा गरे । जिल्ला सभापति खमबहादुर गर्वुजाले काँग्रेस सत्तामा रहँदा गरिब, दुःखी, किसान, मजदूरको उन्नतीका लागि काम गर्न सक्नु पर्ने वताए ।

स्मृति दिवसमा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत , जिल्ला उपसभापति माधवप्रसाद रेग्मी ,सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ ,कोषाध्यक्ष टंक हमाल ,महासमिति सदस्य चिरञ्जीवि शर्मा ,जिल्ला सदस्य तथा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन लगायतले वीपीको योगदान अविस्मरणिय रहेको वताए ।

सचिव क्याप्टेन मिन बहादुर कार्कीका अनुसार वीपी स्मृतिमा बेनी नगरपालिका वडा नम्बर २ र ६ का गरी ६ जना बाढी–पहिरो पीडित परिवारलाई जनही दुई हजार ५ सय रुपैयाँँका दरले राहत वितरण गरिएको छ ।