FLASH NEWS
  • Loading...

भिआईपी ठेकदार, अलपत्र योजना

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०९ पटक पढिएको
भिआईपी ठेकदार, अलपत्र योजना

म्याग्दी सदरमुकाम बेनीदेखी पश्चिम दरवाङ तर्फ सडक किनाराको विजुली पोलमा दोलखाका सांसद जिपछिरिङ लामाका फोटा अङ्कीत ब्यानर झुण्डाईएको देखिन्छ । सांसद लामाको फोटो जिल्लामा कुनै राम्रो कामको जयजयकार मनाउन टाँसिएको भने होईन ।
लामा संञ्चालक रहेको लामा कन्ट्रक्सन र अच्युत खरेल संञ्चालक रहेको समानन्तर कन्ट्रक्सनको लामा–समानन्तर जेभीले बेनी–दरवाङ्ग सडक कालोपत्रे गर्न ठेक्का लिएर काम विचमा अलपत्र छोड्दा मनसुनी वर्षापछि पहिरोले घरखेत बगाउन थालेपछि आक्रोसित स्थानीयले ब्यवसायीको फोटो कालो ब्यानरमा राखेर झुण्डाएका हुन । तर ब्यानर कस्ले झुण्डाएको हो भन्ने कतै खुलाईएको छैन ।
निर्माण ब्यवसायीबाट सयौं स्थानीयवासी पीडित छन । नियामक निकायमा दर्जनपटक गुहारेपनि कसैले केही गर्न सकेन । आजित भएका स्थानीयले कहिले सडकमा यातायातलाई अवरोध गर्छन । आज कालोपोतेर ब्यवसायीको फोटो राखेछन’ सडकले सवैभन्दा बढी क्षति पुऱ्याएको बेनी नगरपालिका, ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘धर्म हराएको ब्यवसायी रहे.छन । पोहोरको वर्षामा पनि पहिरोले यस्तै विजोग बनायो, फेरी यो वर्षपनि हालत उस्तै छ ।’


ठेकदारको फोटोसहित कालो पोतिएको ब्यानरमा लेखिएको छ, ‘बाटो समयमै नवन्दा सयौं घर पहिरोको जोखिममा छन । सयौंको खेतवारी पहिरोको चपेटामा परेको छ । गाईवस्तु, गोठ पहिरोको चपेटामा छन । सहज आवतजावत गर्न कठिन , यातायात अवरुद्धहुँदा विरामीलाई समयमा हस्पिटल पुऱ्याउन नकस्ने अवस्था भएकोले आभारी छौं ।’
लामा–समानन्तरले सडक विस्तार गर्न डोजरले भित्ता काटेर अलपत्र छोडेपछि गत वर्ष र यस वर्षको मनसुनजन्य बर्षापछि पहिरोले माथिल्लो क्षेत्रका कम्तीमा १५ घर विस्थापित भएका र सयौं रोपनी धानखेत बगेपछि स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गर्न डेलिगेसन जाने, सडकमा यातायात अवरुद्ध गर्ने समेतका आन्दोलन गर्दै आएका थिए ।
जिल्लाका पश्चिम मंगला, मालिका र धौलागिरी तथा बाग्लुङको ताराखोला, वुर्तिवाङ जोड्ने सडकको पहिलो १२ं.५ किलोमिटर खण्ड ११ मिटर चौडा गरी ७ मिटरमा कालोपत्रे गर्न ४ वर्ष अघि ०७४ असोज ४ गते तत्कालिन सडक डिभिजन कार्यालय बाग्लुङबाट ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिएका लामा–समानन्तर जेभिले काम अलपत्र छोडेको हो । ठेकदार कम्पनीेले दोस्रो पटक थप गरेको म्याद पनि ०७७ चैत २३ गते समाप्त भएको छ ।


०७५ पुषमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरित सडकको नियमन र सुपरिवेक्षण गर्ने काम हाल पूर्वाधार विकास कार्यालयले गर्दै आएको छ । योजना नियामक पूर्वाधार विकास कार्यालय बेनीका अनुसार यो सडकको असार मसान्तसम्म वित्तिय प्रगति ४८ प्रतिशत र भौतिक प्रगति ४७ प्रतिशत रहेको छ । अर्थात काम भन्दाबढी भुक्तानी भएको छ ।
‘बेनी–दरवाङ्ग सडकको पहिलो प्याकेजमा ठेकेदार कम्पनीको कानुनी सवै म्याद समाप्त भएको छ । कोरोनाको कारण तेस्रो पटक ‘कोरोना म्याद’ थप भएन भने चैत २३ बाटै पेनाल्टी सुरु भएको छ’ू र्वाधार विकास कार्यालय सन्तोष पौडेलले भने, ‘स्थानीयले आज निर्माण ब्यवसायीको फोटो सडकमा झुण्डाएको देखें । स्थानीय, पश्चिम भेगका तीन गाउँपालिकाबासी मात्र होईन, कार्यालय र हामी पनि आजित भएका छौं, व्यवसायीबाट ।’
०५४ सालदेखी साविक जल्ला विकास समिति, गाविसको लागतमा निर्माण शुरु गरिएको उक्त सडक एशियाली विकास बैंकको रिण सहयोगमा कृषी सडक विभागद्धारा संञ्चालित विकेन्द्रीत ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (म्च्क्ष्ीए) र सडक डिभिजन कार्यालय बाग्लुङ्गबाट ग्राभेलस्तरमा निर्माण गरेको थियो ।


बेनी–दरवाङ सडक मात्र होईन, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बेनी–जोमसोम–कोरोला आयोजनाको पनि समस्या उस्तै छ । बेनी–जोमसोम सडकको काम सम्पन्न नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन ।
बेनी–जोमसोम सडकको सुरु विन्दुमा पर्ने गलेश्वरमा खसेको पहिरो पन्छ्याएर यातायात सुचारु गर्न नमानेपछि स्थानीय प्रशासनले चार दिन अघि निर्माण कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका इन्जिनियर सन्चित देव र सुपरभाईजर आषिस नेपाललाई पक्राउ गरेको थियो । दुई दिनपछि ठेकदार कम्पनीले २४ घन्टामा सडक खुलाउने सर्तमा उनीहरु आईतवार मात्र छुटेका थिए ।
निर्माण ब्यवसायी महाँसघ अध्यक्षकै ठेक्का अलपत्र
निर्माण ब्यवसायी महाँसघका केन्द्रीय अध्यक्ष रवी सिंह र उपमहासचिव नरहरी थपलियाले जेभीमा ठेक्का लिएको बेनी अस्पताल भवन निर्माण अलपत्र छ । अस्पताल भवन समयमा निर्माण नहुँदा पूर्वाधार नभएको भन्दै डाक्टर अस्पताल आएका छैनन । विरामीले थप सास्ती खेप्नु परेको छ ।
साविक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाग्लुङ्गले ०७३ पुस २१ गते महादेव खिम्ती/गल्वा/रफिना जेभि काठमाण्डौलाई भ्याटबाहेक १८ करोड ९० लाख रुपैयाँमा ठेक्का दिएको हो । निर्माण स्थलमा राखिएको आयोजनाको विवरण वोर्डमा ०७६ मंसिर २० गतेसम्म भवन निर्माण गरिसक्नु पर्ने तोकिएको छ ।
‘ठेकदार साँढे जस्तै परेछन । हाम्रो दवावले छेउटुप्पो छोएन । नियामक कर्मचारी छेउ पर्नै सक्दैनन । कोभिडको यो महामारीमा अस्पतालको आफ्नो पक्की भवन नहुँदा छाप्रामा राखेर विरामीको उपचार गरिरहेका छौं’ बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘कोरोना महामारीको यो संकटको वेला पनि ब्यवसायीले अलिकति पनि चासो दिएनन । भुई तल्लाको दुई वटा कोठा अस्पतालले आफ्नै खर्चमा बनाएर आईसियु बनाएका छौं । बाँकी विरामी छाप्रामा छन । छिटो निर्माण गरिदिन मौखिक र लिखित ताकेता गऱ्यौं । न ठेकदारले टेरपुच्छर लगाउँदैन । नियामक निकाय बोल्नै सक्दैन ।’
अस्पताल भवन बनाउन ठेकेदारले भ्याटबाहेक १८ करोड ९० लाख रुपैयाँमा निर्माण सम्झौता गरेका हुन । सहरी विकास तथा भवन डिभिजन कार्यालयका अनुसार ५ हजार ३ सय बर्गमिटर क्षेत्रफलमा एक तल्ला अण्डरग्राउण्ड सहित ३ तल्ले अस्पताल भवन निर्माण हुन लागेको हो । भवनको पहिलो तल्लामा ओपिडि, दोस्रोमा इनडोर र तेस्रो तल्ला प्रशासनीयक प्रयोजनकालागी बन्न लागेको हो । भवन बाहेक गार्डेन, प्यासेज लगाएत थप काम पनि छन ।
५० शैयाको क्षमताको जिल्ला अस्पताल बनाउन सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाग्लुङ्गले ०७३ पुस २१ गते महादेव खिम्ती/गल्वा/रफिना जेभि काठमाण्डौलाई भ्याटबाहेक १८ करोड ९० लाख रुपैयाँमा ठेक्का दिएको हो ।
बेनी अस्पतालको पुरानो संरचना भत्काईएको र नयाँ भवन श्वास्थ्य परिक्षण, उपचार तथा प्रशासन अस्तब्यस्त भएको हो । अस्पताल अस्थाई टहरामा अस्तब्यस्त रुपमा अस्पताल चलेको छ । शल्यक्रिया, प्रसुती भएका महिला तथा नवजात शिशु र अन्य विरामी भर्ना गरिएको कोठामा जस्तापाताबाट शीतका थोपा विरामीको मुखमै पर्छ ।