FLASH NEWS
  • Loading...

म्याग्दीमा कोरोनाबाट थप एक जनाको मृत्यु, १९ जना संक्रमीत थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११३ पटक पढिएको
म्याग्दीमा कोरोनाबाट थप एक जनाको मृत्यु, १९ जना संक्रमीत थपिए

कोरोना संक्रमण भै म्याग्दीका थप एक जनाको मृत्यु भएको छ । भने आईतवार १९ जना कोरोना संक्रमित थपिएका छन । यो संगै सक्रिय संक्रमितको संख्या ७७ पुगेको छ ।

सदरमुकाम बेनी समेत वजार क्षेत्रमा निषेधज्ञा खुकुलो पारिएसँगै कोरोना भाईरस संक्रमणबाट वच्न अपनाउनु पर्ने स्वास्थ्य सावधानीमा लापरवाही बढेसँगै कोरोना संक्रमणको संख्यामा पनि बृद्धी हुँदै गएको तथ्याङकले देखाएको छ ।
मंगला गाउँपालिका, ३ का ४६ बर्षिय पुरुषको संक्रमण तथा सरुवा रोग अस्पताल पोखरामा कोरोनाको उपचारक्रममा शनिवार मृत्यु भएको स्वास्थ्य कार्यालयले विज्ञप्ती प्रकाशित गरी जनाएको छ । कोभिढ–१९ बाट मृत्यु भएका शवको ब्यवस्थापन गर्दै आएका रेडक्रस म्याग्दी शाखाका उपमन्त्री सुरत केसीका अनुसार कोरोनाबाट हालसम्म ६९ जना जिल्लाबासीले ज्यान गुमाएका छन । यीमध्य ४७ जनाको जिल्लामै कोभिड पहिचान भएको हो । २२ जनाको भने जिल्लामा घरठेगाना भै देशका विभिन्न स्थानमा रहेका ब्यक्ति हुन ।
त्यसैविच स्वास्थ्य कार्यालय म्याग्दीले जारी कोरोना अपडेड विज्ञप्ती अनुसार आईतवार बेनी नगरपालिकामा १३ जना, अन्नपूर्ण गाउँपालिकामा १ जना, मंगला गापामा १ जना र छिमेकी जलजला गापामा ४ जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालयको अभिलेख अनुसार आईतवार थपिएका १९ जनासमेत जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७७ जना पुगेको छ । आईसोलेसनमा रहेका ७७ जना सक्रिय संक्रमित मध्य अधिकांश होम आईसेलेसनमा छन । केही अलि जटिल संक्रमितको बेनी अस्पताल तथा गाउँपालिकाका कोभिड अस्पतालमा उपचार भैरहेको छ ।